नेपालमा नयाँ संक्रमित देखिएनन्, १ सय १० संक्रमित

२८ बैशाख, काठमाडौँ ।

गत २४ घण्टामा १३ सय बढी कोरोना भाइरसको परीक्षण भएकोमा नयाँ संक्रमित देखिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कुनै पनि नयाँ संक्रमित नदेखिएको बताएको छ । गत २४ घण्टामा १ हजार ३ सय १६ जनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । अहिलेसम्म नेपालमा संक्रमितको संख्या १ सय १० छ ।

जसमा ७८ पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश नम्बर १ मा ३५, प्रदेश नम्बर २ मा ३१ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए । अहिलेसम्म ३१ जना उपचारबाट घर फर्किएका छन् भने, ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

आइतबारसम्म पिसिआर १६ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण भएको छ । आरडिटी विधिबाट ५६ हजार ५ सय ५० जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९०, बागमती प्रदेशमा ९ हजार १ सय ८१ र गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ जनाको आरडिटी परीक्षण भएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ७४, कर्णाली प्रदेशमा ६ हजार ३ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । यसैगरी १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ३८, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३, बागमती प्रदेशमा १ सय १० र गण्डकी प्रदेशमा २ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् ।

Advertisement

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ४२, कर्णाली प्रदेशमा २ हजार ३ सय २६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय २४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकाटाले बताए । यसैगरी काठमाडौंमा ३ र बाहिर १ सय ६१ गरी १सय ६४ जना आइसोलेसनमा उपचाररत रहेको उनले बताए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top