×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

भारतले नेपाली भूमी मिचेकोप्रति एनआरएनएले गर्यो भत्सर्ना

३० बैशाख २०७७

३० वैशाख, काठमाडौँ ।
नेपाली भूमी अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भत्सर्ना गरेको छ ।

संघका तर्फबाट अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै भारतले एकतर्फी रुपमा नेपाली भूभाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधीको भत्सर्ना गरेका हुन् ।

Advertisement
Advertisement

भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको बारे गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको जनाउदै विज्ञप्तिमा ‘यसअघि पनि भारतले एकतर्फी रुपमा नेपाली भूभाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधीको संघ कडा भत्सर्ना गर्दछ ।

भारत सरकारको पटक –पटकका यस्ता कदम अन्तर्राष्ट्रिय कानून विपरित तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको संघको ठहर गरेको’ उल्लेख छ ।

विज्ञप्ति मार्फत ‘सयौँ वर्ष पुरानो सीमा विवाद कुटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनुको सट्टा ऐतिहासिक सुगौंली सन्धी लगायतका दस्तावेजमा स्पष्ट रुपमा उल्लेख गरिएका नेपाली भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति विश्वभर छरिएर रहेका लाखौँ नेपालीहरुले रोष प्रकट गरेको’ जनाएको छ ।

विज्ञप्तिमा ‘भौगोलिक, धार्मिक, सांस्कृतिक, र भाषिक रुपमा परापूर्व कालदेखि निकट दुई छिमेकी राष्ट्रबीच सदैव प्रगाढ र सौहार्दपूर्ण सम्बन्ध रहोस् भन्ने हामी सम्पूर्ण नेपालीको चाहाना हो तर त्यही आडमा नेपाली सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने कार्यको हामी निन्दा गर्दछौँ ।

भारतीय भूमिको रक्षार्थ हाम्रा वीर नेपाली गोर्खाली सपूतले योगदान गरेको इतिहास साक्षी छ, यसर्थ हर एक नेपाली आफ्नो भूमिको रक्षार्थ ढाल भनेर उभिने र त्यसका लागि विश्वभर छरिएर रहेका नेपालीहरुले ऐक्यवद्धता जनाउने स्पष्ट पार्न चाहान्छौँ ’ भनिएको छ ।

यस्तै विज्ञप्तिमा ‘नेपाली हामी सदैव सावैभौमिकताको सम्मान गर्दछौँ र हाम्रा छिमेकी मुलुकले समेत सोही सम्मानको भाव प्रकट गरोस् भन्ने अपेक्षा राख्दछौँ, यसर्थ सीमा सम्बन्धि यस विषयलाई राजनीतिक र कुटनीतिक संवादको माध्यमबाट तत्काल टुंगोमा पुर्याउन ठोस कदम चाल्न सम्बन्धित सरकारको ध्यानाकर्षण गराउँदछौँ ।

साथै देशको भौगोलिक अखण्डताजस्तो गम्भीर विषयमा नेपाल सरकार र नेपाली दाजुभाई दिदीबहिनीले चाल्ने हरेक सकारात्मक कदममा हामी गैरआवासीय नेपालीहरु ऐक्यवद्धता व्यक्त गर्दछौँ ’ उल्लेख छ ।

विज्ञप्तिको अन्त्यमा, नेपालको भूमि (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरी जारी गरेको नक्सा सच्याउन तथा सीमामा तैनाथ भारतीय सेना अभिलम्ब फिर्ता गरी उच्च स्तरीय राजनीतिक एवं कूटनीतिक वार्ताको माध्यमबाट जारी सीमा विवाद समाधान गर्न जोडदार माग गरिएको छ ।

यसैबीच भारतले नेपाली भूभागमा सडक मार्ग निर्माण गरेकोप्रति विरोध गर्न संघका सबै राष्ट्रिय समितिहरु परिचालित हुने भएका छन् ।

Advertisement
Advertisement

संघका महासचिव डा. हेम राज शर्माले सोमबार राति नै सबै राष्ट्रिय समितिलाई पत्राचार गर्दै आआफ्ना देशमा भएका भारतीय दूतावासमा गएर नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति निन्दा गर्दै विरोधपत्र बुझाउन आग्रह गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top