सिरहामा एकजनाको घाँटी रेटेर हत्या

सिरहामा एकजनाको घाँटी रेटेर हत्या

३० वैशाख, सिरहा ।
घाँटी रेटिएको अवस्थामा मंगलबार बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ ।

स्थानीय ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ । मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए ।

शवको प्रकृति हेर्दा सोमबार राति नै मियाँको हत्या गरिएको हुनसक्ने उनले बताए । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.