थप ५७ जनामा देखियो संक्रमण, कुल कोरोना संक्रमितको संख्या १९१ पुग्यो

३० बैशाख ७७, मंगलबार
Share this
754shares

३० वैशाख, काठमाडौँ ।
नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार थप ५७ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ।

नयाँ संक्रमित मध्ये पर्साका ३९, रुपन्देहीका ९ र कपिलवस्तुका ८ तथा बाराका एक जना रहेका छन् । संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top