लकडाउनका बीच खुलेको शेयरमा नेगेटिभ सर्किट

२९ बैशाख ७७, मंगलबार

३० वैशाख, काठमाडौं ।
लकडाउन लागू भएपछि पहिलोपटक खुलेको शेयर बजारमा निर्धारित समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ ।

लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेको र शेयर बाजरमा उच्च गिरावट हुने अनुमान सहित नियामक निकाय धितोपत्र वोर्डले परिसूचक नेप्सेमा दुई प्रतिशत तलमाथि भए कारोबार बन्दगर्ने नयाँ व्यवस्था लागू गरेको थियो । सोही व्यवस्थाअनुसार दुई घण्टाका लागि खोलिएको बजारमा १ घण्टा २३ मिनेट सम्म कारोबार हुँदा नेप्सेमा नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ ।

नेप्से २ दशमलव शुन्य २ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगित भएको हो । डेढ महिनापछि खुलेको बजारमा नेप्से परिसूचक २५ अंक अर्थात २ दशमलव शुन्य २ प्रतिशतले घटेर १ हजार २ सय २६ दशमलव १५ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १ दशमलव ९९ प्रतिशतले घटेको छ ।

Advertisement

बजारमा ८७ कम्पनीको २ सय ९१ कारोबारबाट १० करोड ४३ लाख७२ हजार ६ सय ४६ रुपैयाँको १ लाख ६ हजार ३ सय १२ कित्ता शेयर कारोबार भएको छ । सबै भन्दा बढी घट्ने समूहमा बैंकिङ, जीवन बीमा र अन्य समूह रहेका छन् । सबैभन्दा धेरै कारोबार नागरिक लगानीकोषको ८ करोड ८८ ला ५७ हजार रुपैयाँ बढीको भएको छ ।

कारोबारमा आएका कुनै पनि कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छैन भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै २२ दशमलव ३८ प्रतिशतले गुमाएका छन् । सबैभन्दा धेरै कारोबार भएको नागरिक लगानीकोषका शेयरधनीले पनि झण्डै ३ प्रतिशतले गुमाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top