कोरोना भेटिएपछि पुल्चोकको निदान अस्पताल सिल

३१ बैशाख ७७, बुधबार

३१ बैशाख,काठमाडौँ ।
अस्पतालकै कर्मचारीमाकोरोना संक्रमण देखिएपछि पुल्चोकमा रहेकानिदान अस्पताल र आरोग्य फाउण्डेसन सिलगरिएको छ । अस्पतालमा कार्यरत एक कर्मचारीमा मंगलबार कोरोना संक्रमण देखिएपछि बुधबार विहानैबाट सिल गरिएको हो ।

Advertisement

अस्पताल सिल गरिएपछि कुनै पनि व्यक्तिलाई प्रवेश दिइएको छैन् । अस्पतालमा कार्यरत नर्समा मंगलबार कोरोना परीक्षण गरिएपछि पोजेटिभ देखिएको थियो । वैशाख ९ गते इटहरी गएर वैशाख २९ गते इटहरीबाट फर्किएकी ती नर्सको राष्ट्रिय विज्ञान प्रयोशालामा स्वाव परीक्षण गरिएको थियो ।

२९गते नै परीक्षणका लागि स्वाव संकलन गरिएपनि रिपोर्ट मंगलबार रातिमात्रै आएको थियो । स्वाव दिएर उनी घर पनि गएको बताइएको छ । इटहरीबाट आउने क्रममा अस्पताल प्रशासनका एक जना कर्मचारी र एम्बुलेन्स चालकले उनलाई साँगाबाट लिएर आएका थिए । अहिले संक्रमित नर्सलाई लिएर आउने प्रशासनका कर्मचारी र चालक अस्पताल भित्रै रहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top