दम्पत्ति घरभित्रै कुटिदा पनि प्रहरीले जाहेरी लिएन

३१ बैशाख ७७, बिहीबार

३१ बैशाख, सुनसरी ।
प्रहरी हाम्रो साथी, हाम्रो समाज, परिवारको सुरक्षाको पहरेदार । तर प्रहरीमाथि नै सुनसरीका एक दम्पत्तिको विश्वास टुटेको छ ।

कारण हो जग्गाको विवादमा घर भित्रै कुटिदा पनि प्रहरीले सुरक्षा त के, जाहेरी समेत लिन अस्वीकार गरेको छ । सुनसरीको देवानगन्ज गाउँपालिकाको एक परिवारले आफुमाथि अन्याय भएको भन्दै सरोकारवालाहरुसंग न्यायको याचना गरेको छ ।

देवानगन्ज गाउँपालिका ३ बस्ने जय प्रकाश मेहता र निजकी श्रीमती सुनिता मेहतालाई उनकै छिमेकीले घरभित्र पसि निर्घात कुटपिट गरिएको मेहता परिवारले बताएको छ । जग्गा सम्बन्धि विवादमा देवानगन्ज गाउँपालिका २ का बलराम मेहता, पर्मेश्वर मेहता र चन्दन मेहताले कुटपिट तथा गालीगलौच गरेको पीडित जयप्रकाश मेहताले बताएका छन् ।

Advertisement

जग्गा सम्बन्धि विवाद कानूनीरुपमा समाधान गर्नुपर्ने भएपनि उनीहरुले जबर्जस्ती आफ्नो घर भित्र पसेर आफु र आफ्नो श्रीमान्माथि कुटपिट गरेको आरोप सुनिताको छ ।

कुटपिटका कारण शरीरमा निलडाम तथाचोट लागेकाले अस्पतालमा जाँच गराएको र सोही अस्पतालको रिपोर्टका साथ गत बैशाख २४ गते जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीमा कुटपिट तथा अभद्र ब्यवहार सम्वन्धमा आफुहरुले जाहेरी दिदा समेत प्रहरीले जाहेरी दर्ता नगर्दा आफ्नो परिवारमाथि अन्याय भएको जयप्रकाशले गुनासो गरे ।

Advertisement

पीडक खुलेआम गाउँमा हिडिरहेको र आफु पीडित भएपनि प्रहरीले उजुरी लिन नमान्दा थप पीडा भएको उनले बताए । जयप्रकाशले न्यायकोलागि पहल गरिदिन पत्रकार,मानव अधिकारकर्मीलगायत सरोकारवालाहरुसंग अपिल गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top