×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आयल निगमका कर्मचारीको कोरोना बीमा

३१ बैशाख २०७७

३१ बैशाख, काठमाडाैँ ।
नेपाल आयल निगमले आफ्ना सबै कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएमा रु एक लाख बराबरको जीवन बीमाको तयारी गरेको छ ।

निगम सञ्चालक समितिको आज बसेको बैठकले निगममा कार्यरत सम्पूर्ण कर्मचारी (करार अस्थायी, दैनिक ज्यालादारीसहित) लाई कोरोना संक्रमणको पुष्टि भएका कर्मचारीलाई बीमा व्यवस्थाको प्रक्रिया अघि बढाइने निर्णय गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमका सबै कार्यालयमा कार्यरत कर्मचारी, पेट्रोलियम पदार्थको कार्य गर्ने कामदार, कर्मचारी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर तथा ग्यास बुलेटका चालक तथा सहचालक, निगमका बिक्रेता, बोटलिंक प्लान्टका कर्मचारीसमेतको प्राथमिकताका आधारमा कोरोना परीक्षणका लागि सम्बन्धित निकायमार्फत व्यवस्थापन गर्नेलगायत छ बुँदे निर्णय भएको जानकारी दिए ।

त्यस्तै सरकारी तथा सहकारी क्षेत्रबाट सञ्चालन भएका बिक्रेताबाहेक अन्य बिक्रेतालाई बारअनुसार जिल्ला निर्धारण गरी हप्तामा एक पटक पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने, निगमको डिपो सञ्चालन कम्तीमा एक तिहाइ कर्मचारीमार्फत गर्ने र एक तिहाइ कर्मचारीलाई जगेडामा राख्ने निर्णय गरिएको छ ।

यसैगरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी चालक तथा सहचालकका साथै प्रत्येक ट्यांकरलाई मानव बस्तीभन्दा टाढा खुला स्थानमा राख्ने र सबै कार्यालयमा कीटाणुनाशक टनेल तथा गेट बनाई प्रयोग गर्ने निर्णय भएको छ ।

निगमका कर्मचारीबाट कोरोना जाँच माग

निगम, प्रदेश नम्बर १ प्रादेशिक कार्यालय विराटनगर कार्यालयमा कार्यरत कर्मचारीले कोरोना परीक्षणको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

इन्डियन आयल कर्पोरेशन भारतबाट पेट्रोल र अमलेखगन्ज डिपोबाट डिजेल आयात निरन्तर भइरहँदा ट्यांकरका चालक तथा सहचालक अधिकतम भारतीय रहेकाले कार्यालयले आज सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुखलाई परीक्षण गरिदिन निवेदन दिएको छ ।

प्रादेशिक कार्यालय प्रमुख इञ्जिनीयर अशोक साहका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिको व्यवस्थापन मिलाउँदा टयांकरका चालक र सहचालकसँग निरन्तर सम्पर्कमा रही कार्य गर्दा निगमका कर्मचारीसमेतमा कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले स्वास्थ्य परीक्षण गर्न माग गरिएको हो ।रासस

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top