रोग र भोकसंग लड्दै पैदल हिँडेका मजदूरले सडक दुर्घटनामा ज्यान गुमाए

३१ बैशाख ७७, बिहीबार

१ जेष्ठ, एजेन्सी ।
भारतमा हिँडेरै घर फर्किरहेका मजदूरहरुको गाडीको ठक्करका कारण मृत्यु भएको छ।

बुधबार राती पंजावबाट विहारको गोपालगञ्जतर्फ हिँडेका ६ जना मजदूरले ज्यान गुमाएका हुन्। उत्तर प्रदेशस्थित मुज्जफरनगर पुगेका उनीहरुलाई बसले ठक्कर दिएको हो। लकडाउनका कारण देनिकी प्रभावित बनेपछि उनीहरु करिव १ हजार किलोमिटर पैदल यात्रामा निस्किएका थिए। उनीहरुको घटनास्थलमै निधन भयो।

दुर्घटनामा परेर घाइते हुनेहरुको भने उपचार भइरहेको छ डिएनए इन्डियामा जनाइएको छ। उद्योग धन्दा बन्द, सयौंलाई रोजगार उपलब्ध गराइरहेको होटल, बस, रेल लगायत सेवा ठप्प भएसँगै दैनिक ज्यालादारी मजदूरी गर्नेहरु मार्कामा परेका छन्।

Advertisement

लकडाउन जारी भए यता पनि हजारौंले हिँडेरै गृह जिल्ला वा घरसम्मको यात्रा तय गरेका छन्। अप्रिलको सुरुवातमा भारत सरकारले घर फर्कने मजदूहरुका लागि विशेष रेलको व्यवस्था गर्ने भनिएपनि हिँडेरै घर फर्कनेहरुको संख्यामा कमी आएको छैन।

बुधवार नै मध्य प्रदेशमा ट्रकको ठक्करबाट ८ मजदूरको मृत्यु भएको थियो। त्यस्तै गत साता रेलको लिकमा निदाएका १६ जना मजदूरहरुमाथि रेल गुडे पछि उनीहरु सबैले ज्यान गुमाएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top