×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै ब्राजिलका स्वास्थ्यमन्त्रीले किन दिए राजीनामा ?

३ जेष्ठ २०७७

३ जेष्ठ, एजेन्सी ।
जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले राजीनामा दिएका छन् ।

गएको मार्च १५ मा राष्ट्रपति जायर बोल्सोनारोले तत्कालीन स्वास्थ्य मन्त्री लुइज हेनरिके मान्देतालाई बर्खास्त गरेका थिए । राष्ट्रपति बोल्सोनारो लकडाउनको विपक्षमा थिए भने लुइजले लकडाउन खोल्दा गम्भीर संकट आउने बताएका थिए ।

बोल्सोनारो लुइजलाई बर्खास्त गरी नेल्सनलाई स्वास्थ्य मन्त्री बनाएका हुन् । तर उनले पनि राष्ट्रपति बोल्सोनारोकै नीतिमा असहमति जनाउँदै राजीनामा दिएका हुन् । बोल्सोनारोले जिम तथा ब्युटिपार्लर पुनः सञ्चालनका लागि अनुमति दिएपछि नेल्सनले त्यसको विरोध गरेका थिए ।

तर उनले आफ्नो राजीनामाको स्पष्ट कारण भने पत्रकार सम्मेलनमा खुलाएका छैनन् । यद्यपी सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिरहेको प्रयासमा सहमति जनाउँदै उनले राजीनामा दिएका हुन् । राष्ट्रपति बोल्सोनारोले लकडाउनको विरोध गर्ने क्रम जारी राखेका छन् ।

उनले कोरोना भाइरसलाई सानो फ्लू मात्रै रहेको बताउने गरेका छन् । उनको अन्तर्राष्ट्रिय स्तरमै आलोचना भइरहेको छ । ब्राजिलमा पछिल्लामा दिनमा कोरोना भाइरस क्रमितको संख्या तीव्र रुपमा बढी रहेको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top