बारामा एफएमको मार्केटिङ हेर्ने कर्मचारीमा कोरोना संक्रमण

५ जेठ ७७, सोमबार

५ जेष्ठ, बारा ।
सोमवार थपिएका ९ जना कोरोना सङ्क्रमितमध्ये एक जना बाराको एफएममा काम गर्ने भएको खुलेको छ।

Advertisement

गत शुक्रवार कलैयामा बाराका करिब ४० जना पत्रकारहरूले स्वाब सङ्कलन गराएका थिए। त्यसमध्ये बारा करैया गाउँपालिका वडा नम्बर ५ बस्ने ३८ वर्षीय एक जना मिडियाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

उनका अनुसार बाराको कलैयामा रहेको एउटा एफएमको मार्केटिङ विभागमा काम गर्दै आएकामा संक्रमण भएको हो। उनी एफएमको पैसा उठान विभिन्न ठाउँमा आवतजावत गर्ने गरेको खुलेको छ। उनी एफएमको व्यवस्थापकीय पक्षमा पनि सक्रिय रहेको रहन्थे।

Advertisement

उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। सोमवार बिहान स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिका अनुसार रौतहटमा ८ र बारामा १ गरी ९ जना संक्रमित थपिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top