कविता : मलाई कोरोना लागे नै छ भने

५ जेठ ७७, सोमबार
Share this
728shares

Advertisement

काल गतिले नभेटि लास बन्न कहाँ पाउछु होला र तर कोरोना नै लागेछ मलाई भने बरा चाहिँ नभन्नु
फर्केर आउछुँ पहिली कै म भएर तर छि होईन मलाइ अलिक दिन टाढैबाट बोलाउनु
आमा अलिक दिन थोरै खाना पकाउनु है
बाबा अत्तालिएर मन नि नदुखाउनु
छिमेकीले बोलाउँदा हासेर बोल्नु
ठीक छु भन्थि भन्नु अनि आफ्नो चाँही निकै ख्याल राख्नु
सधैं मसँग हाँसेर बोल्ने साथीले गेट वेल शून पनि नलेख्नु है
महिनौ कटोस तर हामी सँगै फोटो खिचेर हाल्नुपर्छ
काका,काकी,मामा,माईजु यो दशैँमा टीका थाप्न नपाउला तर अर्काे दशैँमा निरोगी रहनु भन्नुपर्छ कति पनि मन नदुखाउनू
मलाई जति नै सुकै पोलोस,दुखोस म आउँछु छिट्टै निको भएर आउँछु
मलाई कोरोना लागे नै छ भने

विश्वै खायो तर काल सजिलै आउँदैन नि
आरिश गर्नेले मरोस नि रिसमै भने होला
हेला गर्नेले जाहोस पनि आवेशमै तर कहाँ सजिलै जान्छु म
मैले मनका घाउ भरे जसरी यो घाउलाई हटाउन महिना लाग्छ भन्ने सुनेको छु
तर हरेक साँझ पछिको बिहानी आए जसरी नयाँ मलाई मायाले बोलाउनु
दिदी,बहिनी अनि मलाई माया गर्नेहरूलाई रूवाउने हिम्मत कहिले आएन त्यसैले मन गर्हुङ्गो नपार्नु
मलाई भन्दा मेरो घरमा फोन हानेर बा आमालाई सम्झाउनु
रोगै त हो तर फर्केर आउदा स्वार्थी भएर म बिना नसक्नेहरू पराई जसरी टाडा नहुनु
म निको भएर जसरी नि आउँछु
मलाई कोरोना लाग नै छ भने

Advertisement

जति सकिन्छ त्यति आफैँ बाँच्न हो
सके जति सबैले गरौँ जरो,निमोनिया डेङ्गु जस्तो रहेनछ यो
त्यसैले म मर्छु भन्नु भन्दा नि गर्छू भनेर सोच्नु
मलाई शरीरको रापले नै जिउँदै किन नजलाहोस
सासै फेर्न नसकी मर्ने जतिनै किन नडराहोस
मेरा लागि बरा शब्द लेख्न भन्दा पहिले डुब्नै लागेको देशको कालापानी र नालापानी हाम्रो हो भनेर लेख्नु
मृत्यु जित्न मलाई मेरा मान्छेको मुस्कान चाहिन्छ
बस बेला बेला अस्पतालको शैयामा भए पनि हाँसेर भिडियो कल गरौँला
नरोई छिट्टै आउन भन्नु है
मलाई कोरोना लागे नै छ भने

रिसाएकाले नि मनमा ढुङ्गा राखेर कस्तो छ भनिदिनु
मलाई थोरै साहस मिल्छ
मलाई अनि पनि तर मै भएर बाँच्न दिनु
प्यारा शुभचिन्तक हार्दिक श्रद्धान्जली यो उमेरको फोटोमा देख्दा सबैलाई चसक्क हुन्छ
त्यसैले म बाँचेर आएसी चाहिँ मर्नै बाध्य पर्ने व्यबहार नदेखाउनु
सिनो होईन नि त? जिउँदै हुनेछु
बस बरू टाडैबाट होस् हाँसेर बोलिदिनु
म उस्तै भएर आउनेछु, होला मलाई समय लाग्ला तर बाघलाई तिर लाग्दैमा शिकार गर्नै छाड्दैन
म आउछु तपाईँहरू सबैको हुलमा कोई न कोई भएर आउँछु
तर निको भएर
मलाई कोरोना लागे नै छ भने

Advertisement

लेखक: बिजया नेपाल
विराटनगर,एम्स कलेज बिराटनगरमा अध्ययनरत

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top