×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026
Playing
अमेरिकी सैन्य कारबाही ‘असम्भव’ भएको इरानको दाबी, ट्रम्प आशावादी|| Nepal Times
May 04, 2026
Playing
विजय थलपति तमिलनाडुका मुख्यमन्त्री बन्दैः जोसंग छ ६०३ करोड भारू|| Nepal Times
May 04, 2026
Playing
भारतको पृथ्वी हेर्ने ‘दृष्टि’ उपग्रह कस्तो छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेनले गर्नुपर्ने काम गर्दैछन् रवि|| Nepal Times
May 04, 2026
Playing
समुद्रको जहाजमा कसरी फैलियो हान्टा भाइरस ?कसरी बच्ने ?|| Nepal Times
May 04, 2026
Playing
लिपुलेक गुम्नुको जरा राजा महेन्द्रसँग कसरी जोडिएको छ ? || Nepal Times
May 04, 2026
Playing
World News:इ*रानको प्रस्तावमा छलफल तीव्र, होर्मुजमा प्रोजेक्ट फ्रिडम अपरेशन|| Nepal Times
May 04, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026

संसदमा आज फेरि मागियो प्रधानमन्त्रीको राजीनामा

५ जेष्ठ २०७७

५ जेठ, काठमाडौँ ।
कोरोना रोकथाम तथा महामारी नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका सांसद दिव्यमणिराज भण्डारीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्राथमिकताका साथ काम गर्न नसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरेका हुन् ।

सरकारमा रहेका मन्त्रीहरुले समेत प्रधानमन्त्रीलाई सहयोग नगरिरहेको अवस्थामा राजीनामा दिन उनले आग्रह गरे । नीति तथा कार्यक्रममा जनताको ज्यान बचाउने, गासको व्यवस्था गर्ने र विदेशबाट आफ्ना नागरिक ल्याउने केही योजना नदेखिएको उल्लेख गर्दै उनले यो परिस्थितिमा प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए। ‘‘अहिलेको परिस्थितिमा प्रधानमन्त्रीलाई आराम गर्न आग्रह गर्दछु । डाक्टरले भनेको छ आराम गर्न, मन्त्रीले साथ दिएका छै्रनन । देशलाई बचाउन, जनतालाई भोकबाट बचाउन र बाहिर रहेका नागरिकलाई बाटो खोल्न आग्रह गर्दछु ।’’

Advertisement
Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिकलाई स्वदेश भित्र्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउन नसक्ने बताए । नीति तथा कार्यक्रममाथिको छलफलमा थापाले सीमा क्षेत्र र खाडीमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउनै नसक्ने बताए । माटो मात्रै राष्ट्रियता नभएको उल्लेख गर्दै थापाले मान्छे र माटो दुबै राष्ट्रियता भएको बताए । उनले भने– ‘‘जसले खाडीमा अलपत्र परेकोलाई फिर्ता ल्याउन सक्दैन त्यसले मेरो भूमि ल्याइदिन्छ ? यो संसदमा राष्ट्रियतको विषयमा बहस हुन्छ । राष्ट्रियता भनेको माटो हो की मान्छे हो ? दुबै हो । जसले आफ्नो मान्छे चिन्न र जोगाउन सक्दैन त्यसले आफ्नो माटो जोगाउन सक्दैन् । जसलाई पसिनाको गन्धको आनन्को अनुभूति हुँदैन तयसले माटोके सुगन्ध पनि थाहा पाउन सक्दैन ।मान्छे जोगाउन नसक्ने, मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याउँछ भन्ने रत्ति भरपनि भ्रम छैन ।’’

कम क्षमता भएका मान्छेहरुले बनाएको नीति तथा कार्यक्रमका कारण देश दुर्घटना नजिक पुगेको उनले बताए । सामान्य मानिसको क्षमता काम हुँदा क्षति कम हुने भएपनि कुनै कम्पनीको मालिक वा देश चलाउने मान्छेमा त्यो समस्या देखि बर्बाद नै हुने उनले बताए । थापाले नीति तथा कार्यक्रम प्रधानमन्त्री एक्लैले लेख्ने कविता वा कुनै एक मन्त्रीले लुकेर लेख्ने अध्यादेश नभएको बताए ।
विश्वमहामारीका कारण नेपालमा पनि ठूलो प्रभाव परेको कुरा नीति तथा कार्यक्रम उल्लेख किन भएन ? भन्दै उनले प्रश्न गरे । नागरिकको खल्ति रित्तिदा देशको ढुकुटी नै रित्तिनेभएकाले यस्तो परिस्थितिमा गर्ने कामहरुको सूची किन आएन ? उहाँको प्रश्न थियो । उनले भने– ‘‘घरभित्र र बाहिरको आपूर्ति प्रणाली अस्तव्यस्त हुँदै गर्दा बारी देखी भकारीसम्म प्रभावित भएको यो बेलामा लामो गन्थन नलेखौँ तत्काल बारी र भकारीको प्रभावलाई कम कसरी गर्ने लेखौ भनेर कसैले भनेनन् ? रोजगारी बृद्धि ,हुन्छ नेपालको समृद्धि भन्ने नारा लेख्दै गर्दा यहि २ महिनामा लाखौ मानिस बेरोजगारी भइसके भनेर सकैले भनेनन् ? भोकले कोही मर्दैन, कोही भोकै हुँदैन भन्ने नारा लेख्दै गर्दा भोकले मरिसके भनेर सकैले भनेनन् ?’’

सरकारले कोरोना नियन्त्रणमा अभूतपूर्व काम गरेको उल्लेख गर्दै गर्दा परीक्षण कम भएर संक्रमण कम देखियो भनेर कसैले किन भनेन भन्दै उनले प्रश्न गरे ।

Advertisement

समाजवादी पार्टीका सांसद प्रदीप यादवले तत्काल नीजि अस्पताललाई राष्ट्रियकरण गरेर नागरिक बचाउन आग्रह गरेका छन् । दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । सरकारले लक डाउनको समयावधि बढाइरहेपनि संक्रमितको संख्या पनि बढिरहेको उनले बताए । अहिलेका स्वास्थ्य पूर्वाधारहरु कोरोना रोकथामका लागि पर्याप्त नभएको उनले बताए । कोरोना नियन्त्रणका लागि काम गर्न सरकारसँग प्रयाप्त समय भएपनि सरकारले त्यसो गर्न नसकेको उनले बताए । यादवले सरकारले ल्याएका नीति तथा कार्यक्रम संघीयतामुखि देखिएको बताएका छन् । कृषिको व्यवसायीकरण, अस्पताल निर्माण लगायतका अधिकतम योजनाहरु संघमुखि बनाएर संघीयतामाथि प्रहार भएको उनले बताए । ‘सबै काम संघले गर्ने भए प्रदेशका काम के ? देशलाई संघीय संरचनामा किन लग्यौँ ?’ उनले प्रश्न गरे ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top