बन्चरो प्रहार गरी छोरीले गरिन् बुबाको हत्या

५ जेठ ७७, मंगलबार

६ जेष्ठ, इलाम।
इलाम देउमाई ६ शान्तिडाँडा बस्ने २५ बर्षीया सुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन् ।

सोमबार बेलुका खाना खाएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुन थालेपछी सुष्माले ५१ बर्षीय बुबा फुलबहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

फुलबहादुर आफ्नै घर भित्र मृत अवस्थामा फेला परेको भनि आफन्तले इलाका प्रहरी कार्यालय मंगलवारेमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्लाप्रहरी कार्यालय इलामबाट समेत घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतक राईको हत्या भएको पुष्टि गरेको थियो ।

Advertisement

घटनापछि हत्यामा संलग्न सुुष्मा राईलाई जंगलमा लुकिछिपि बसेको अवस्थामा घटनामा प्रयोग भएको बन्चरोसहित पक्राउ गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top