राष्ट्र बैंकद्वारा आफ्ना विभाग तथा कार्यालयहरुको नाम परिवर्तन

६ जेठ ७७, बुधबार

७ जेष्ठ, काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आफ्ना विभाग तथा कार्यालयहरुको नाम परिवर्तन गरेको छ।

Advertisement

राष्ट्र बैंकले सूचना जारी गर्दै आफ्ना सातवटा विभागको नाम परिवर्तन गरिएको जानकारी दिएको हो। बैंकले जनशक्ति योजना (२०७८–०७९) मा उल्लेख भए अनुसार विभागहरुको नयाँ नामकरण गर्ने सम्बन्धमा गर्भनरबाट वैशाख २३ मा टिप्पणी बमोजिम २०७७ साउन १ गतेदेखि लागु हुने गरी गर्भनरस्तरी निर्णयबाट नाम परिवर्तन गरेको बैंकले जनाएको छ।

नाम परिवर्तन भएसँगै सामान्य सेवा विभागको नयाँ नाम सम्पति तथा सेवा व्यवस्थापन विभाग भएको छ भने अनुसन्धान विभागको नयाँ नाम आर्थिक अनुसन्धान विभाग भएको छ। यस्तै लघुवित्त प्रवद्धन तथा सुपरिवेक्षण विभागको परिवर्तित नाम लखुवित्त संस्था सुपरिवेक्षण विभाग भएको छ।

Advertisement

त्यसैगरी संस्थागत योजना विभागको नयाँ नाम संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, बैंकिङ कार्यालयको नयाँ नाम बैंकिङ विभाग, सूचना प्रविधि विभागको नयाँ नाम सूचना प्रविधि महाशाखा र उपत्यका बाहिरका कार्यालयहरुको नयाँ नाम प्रदेशस्थित कार्यालयहरु रहेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top