लकडाउनको ५८ दिन सडक सुनसान

६ जेठ ७७, बुधबार

७ जेष्ठ, काठमाडौँ ।
कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको आज ५८ दिनपुगेको छ ।

गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको (बुधबार) ५८ दिनपुगेको छ । कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई पार्दै गएको छ । बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनलाई पालना गरिएको पाइएको छ । मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिन्छ ।

सुरक्षाकर्मीले सवारी चेकजाँचलाई कडाई पारेका छन् । प्रशासनले जारी गरेको पास बिना सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । अत्यावश्यक सेवा, ढुवानी सेवाका साधनहरु भने सञ्चालनमा आएका छन् ।

Advertisement

यस्तै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी लगायतका व्यक्तिका सवारी साधनलाई पनि सञ्चालन गर्न दिइएको छ । उपत्यकाका भित्रि सडक छेउमा रहेका अत्यावश्यक उपभोग्य वस्तुका केही पसलहरु खुलेका देखिन्छन । मानिसहरु आफ्नो घर नजिकको पसल सम्मपुगेर उपभोग्य वस्तुहरु किनमेल गर्ने गरेका छन् ।

लामो समय देखि लकडाउन हुँदा जनजीवन भने प्रभावित भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top