×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

समसामयिक विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

७ जेष्ठ २०७७

७ जेष्ठ, काठमाडौँ ।
राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोना संक्रमितसँगै दिर्घरोगी र अन्य विरामीहरुको उपचार हुन नसकेको, पर्याप्त पूर्वाधार नभएको र विदेशमा अलपत्र परेकालाई नेपाल भित्र्याउनुपर्ने लगायतका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement
Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद नन्दा चपाईंले कोरोना संक्रमित विरामी र दिर्घ रोगी तथा गर्भवति महिलाको चेकजाँच एउटै ठाउँमा भइरहेको बताइन । कोरोना संक्रमितको उपचारकालागि फरक र अन्य विरामीहरुका लागि फरक अस्पताल निर्माणमा ध्यानदिन उनले आग्रह गरिन ।

सुविधायुक्त ठाउँमा संक्रमित व्यक्ति र गर्भवति महिलाको उपचार गर्ने अस्पताल फरक भएपनि धेरै प्रदेशहरुमा दुबै प्रयोजनका लागि एउटै अस्पताल रहेको तर्फ उनले सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन, ‘‘सुविधायुक्त ठाउँमा कोरोनाभाइरस र गर्भवती महिलालाई जाँच गर्ने अस्पताल फरक होला तर सबै प्रदेशमा नभएको कारण अन्य प्रदेशमा पनि अन्य प्रयोजनाका लागि बनाइएको भवनमा उपचार गर्ने व्यवस्था मिलाओस भन्न चाहन्छु ।’’ नेपाली कांग्रेसका सांसद प्रकाश पन्थीले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले विदेशमा संकटमा रहेका नागरिकलाई किन स्वदेश ल्याउन नसकेको भनी प्रश्न गरे ।

८, १० लाख नेपालीहरु विदेशमा तड्पिएका छन् । उनीहरुलाई प्राथमिकताका आधारमा उद्धार गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘‘जरुरी, जरुरी र सामान्य गरी प्राथमिकताका आधारमा उद्धार गर्न आवश्यक छ । नेपालमा निजी समेत दर्जनौं विमानहरु पनि छन् ।

यसैगरी सुविधा सम्पन्न होटलहरु छन तिनीहरुलाई आइसोलेसन र क्वारेन्टाइन बनाऔं र पूर्व राष्ट्र सेवक कर्मचारीहरुलाई समेत प्रयोग गरौं । सिमानामा अड्केकाहरुलाई बस लगायत निजी क्षेत्रसँगको सहकार्यमा उद्धार गरौं । सरकारले आफ्नो लगानी गर्ने यता तिर हो । यतिकै बस्नु भन्दा हवाई सेवा, होटल र बसहरुले पनि काम पाउँदछन् ।

लकडाउनले यति गर्न रोक्दैन् । समस्यामा परेका जनताले राज्यलाई अभिभावक भएको अनुभुति होस् । हामीले नेपाली भएको गर्व गर्न सकौं ।’’ नेकपा सांसद मायाप्रसाद शर्माले द्वन्दकालिन समयमा जागिर गुमाएका शिक्षहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

शान्ति प्रकृयासँग जोडिएको विषय भएकाले सरकारले पूर्नवहाली वा क्षतिपूर्तिको लागि बजेट छुट्याउनु पर्ने उनले बताए । उनले भने, ‘‘जनयुद्धका क्रममा शिक्षकहरु तत्कालिन सरकारद्धारा जागिर खोसियो । उनीहरुले आन्दोलन गरिराखेको पनि धेरै वर्ष भएको छ ।

Advertisement

यो शान्तिप्रकृया सँग जोडिएको विषय भएको कारणले सरकारले बजेट छुट्याई तिनिहरुको पुर्नवहाली र क्षतिपूर्तिको उचित व्यवस्था गरोस । ’’

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top