आजका प्रमुख खबरहरुः
१.(संक्रमण बढ्दै)
बुधबार ३२ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय ३४ पुग्यो /हालसम्म दुई जनाको मृत्यु/ ४५ जना संक्रमित उपचारपछि निको भए ।
२.(परीक्षण बढ्दै)
पीसीआरबाट बुधबारसम्म ३५ हजार ४ सय ९४ र आरडिटीबाट ७५ हजार ७२ वटा परीक्षण / देशभरी २३ हजार २ सय २ जना क्वारेन्टाइनमा /परीक्षणको दायरा बढाउदै लगिने स्वास्थ्य मन्त्रालयलको तयारी ।
३.(धेरै संक्रमित डिस्चार्ज)
कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमितमध्ये थप आठ जना निको भए /डिस्चार्ज भएका उदयपुर भुल्केका ३ जनालाई होम क्वारेन्टाइनमा र ५ जना भारतीय नागरिकलाई रानीस्थित मदरसामा राखियो ।
४.(समाचारको सत्यता)
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मिका कोरोना संक्रमितको मृत्यु भएको समाचारको स्वास्थ्य मन्त्रालयद्वारा खण्डन /संक्रमितको भेन्टिलेटरमा राखेर उपचार हुँदै /संवेदनशिल घडीमा आधिकारिक सूचनालाई आधार मान्न आग्रह ।
५.(जीवनसँग जोडिएको लकडाउन)
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको आज ५८ दिन पूरा / अत्यावश्यक बाहेक अन्य सवारी सञ्चालनमा कडाईं /लामो समय देखि लकडाउन हुँदा जनजीवन भने प्रभावित ।
६.(आयो नयाँ नक्सा)
लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा सार्वजनिक /राष्ट्रियता र सम्प्रभुताको रक्षाका लागि नेपाल सरकार प्रतिवद्ध रहेको र नेपालको सो कदमलाई भारतले पनि सकारात्मक रुपमा लिने भूमि व्यवस्था मन्त्री अर्यालको विश्वास ।
७.(हुँदैन फोन ट्यापिङ)
नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभाबाट पारित/पारित विधेयक अव प्रतिनिधिसभामा जाने /४५ प्रतिशत आरक्षण कोटामा १० प्रतिशत खस आर्यका लागि छुट्याइएकोमा केही सांसदको आपत्ति/फोन ट्यापिङको ब्यवस्था अफवाह ।
८.(माननीयको आंकलन)
देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गरी पीसीआर परीक्षणको दायरा बढाउन सांसदहरुको माग / भारतबाट रोजगार गुमाएका नागरिकहरु लुकिछिपि फर्किने क्रम नरोकिएकाले समस्या हुन सक्ने भन्दै स्वास्थ्य उपकरणको व्यवस्था गर्न माग ।
९.(विडारीको सत्यवचन)
लकडाउनमा मन्त्री, सांसद र नेताहरुले धेरै हिडडुल गर्नुभन्दा संक्रमण नियन्त्रणका लागि काम गर्न सांसद रामनारायण विडारीको आग्रह / गुण्डाहरुले गाडीका पास लिएर हिड्ने गरेकाले पास वितरणमा थप कडाई गर्न गृहलाई आग्रह ।
१०.(कांग्रेसको कसरत)
विदेशमा रहेका नेपालीलाई लक्षित गरी नेपाली कांग्रेसले सार्वजनिक गर्याे रेस्क्यु एप र वेव / नेपालीको अवस्थाबारे संकलन गरी तथ्यांकसहित राहत, व्यवस्थापन र उद्धारका लागि सरकारलाई सहयोग र दवाव दिने कांग्रेसको तयारी ।
११.(कुहिएको राहत)
सामुदायिक वनले दाङको लमहीबाट राहत बाँडन लगेको चामल कुहिएको र खान नमिल्ने भएपछि चामल गोदाम सिल /चामल फिर्ता गराउन आउने जाने ढुवानी खर्च सप्लायर्सले क्षतिपूर्ति दिने ।
१२.(जनता जागेपछि)
पर्सामा भारतीय पक्षले दशगजा क्षेत्रमा वन गस्तीका लागि भन्दै निर्माण थालेको भ्युटावरसहितको सुरक्षा पोस्ट सीमाबाट ३० मिटर पर सारियो /स्थानिय बासिन्दाको चर्को विरोधपछि निमार्ण कार्यमा रोक ।
१३.(गए भारतीय)
नेपालले लकडाउन सुरु गरेयता भारतले पहिलोपटक चार्टर उडान गरेर आफ्ना नागरिकलाई काठमाडौंबाट फिर्ता लग्यो /एयर इन्डियाको चार्टर्ड विमानमार्फत १ सय ६५ भारतीय नागरिकको उद्दार ।
१४.(विश्व बैंकको उदारता)
कोरोना महामारीका कारण विश्वका थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने विश्व बैंकको ठहर / बैंकले आर्थिक संकट कम गर्न एक सयवटा विकासशील देशका लागि एक सय ६० अर्ब डलरको सहायता दिने ।
र,
१५.(संक्रमणसँग जोडिएकाहरु)
कोरोना भाइरस महामारीका कारण हालसम्म विश्वभर ३ लाख २५ हजार बढीको मृत्यु /संक्रमितको संख्या ५० लाख नाघ्यो /१९ लाख ७२ हजार बढी निको भएर घर फर्किए ।