×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

७ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(संक्रमण बढ्दै)
बुधबार ३२ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय ३४ पुग्यो /हालसम्म दुई जनाको मृत्यु/ ४५ जना संक्रमित उपचारपछि निको भए ।

Advertisement

२.(परीक्षण बढ्दै)
पीसीआरबाट बुधबारसम्म ३५ हजार ४ सय ९४ र आरडिटीबाट ७५ हजार ७२ वटा परीक्षण / देशभरी २३ हजार २ सय २ जना क्वारेन्टाइनमा /परीक्षणको दायरा बढाउदै लगिने स्वास्थ्य मन्त्रालयलको तयारी ।

३.(धेरै संक्रमित डिस्चार्ज)
कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमितमध्ये थप आठ जना निको भए /डिस्चार्ज भएका उदयपुर भुल्केका ३ जनालाई होम क्वारेन्टाइनमा र ५ जना भारतीय नागरिकलाई रानीस्थित मदरसामा राखियो ।

४.(समाचारको सत्यता)
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मिका कोरोना संक्रमितको मृत्यु भएको समाचारको स्वास्थ्य मन्त्रालयद्वारा खण्डन /संक्रमितको भेन्टिलेटरमा राखेर उपचार हुँदै /संवेदनशिल घडीमा आधिकारिक सूचनालाई आधार मान्न आग्रह ।

५.(जीवनसँग जोडिएको लकडाउन)
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको आज ५८ दिन पूरा / अत्यावश्यक बाहेक अन्य सवारी सञ्चालनमा कडाईं /लामो समय देखि लकडाउन हुँदा जनजीवन भने प्रभावित ।

६.(आयो नयाँ नक्सा)
लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा सार्वजनिक /राष्ट्रियता र सम्प्रभुताको रक्षाका लागि नेपाल सरकार प्रतिवद्ध रहेको र नेपालको सो कदमलाई भारतले पनि सकारात्मक रुपमा लिने भूमि व्यवस्था मन्त्री अर्यालको विश्वास ।

७.(हुँदैन फोन ट्यापिङ)
नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभाबाट पारित/पारित विधेयक अव प्रतिनिधिसभामा जाने /४५ प्रतिशत आरक्षण कोटामा १० प्रतिशत खस आर्यका लागि छुट्याइएकोमा केही सांसदको आपत्ति/फोन ट्यापिङको ब्यवस्था अफवाह ।

८.(माननीयको आंकलन)
देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गरी पीसीआर परीक्षणको दायरा बढाउन सांसदहरुको माग / भारतबाट रोजगार गुमाएका नागरिकहरु लुकिछिपि फर्किने क्रम नरोकिएकाले समस्या हुन सक्ने भन्दै स्वास्थ्य उपकरणको व्यवस्था गर्न माग ।

९.(विडारीको सत्यवचन)
लकडाउनमा मन्त्री, सांसद र नेताहरुले धेरै हिडडुल गर्नुभन्दा संक्रमण नियन्त्रणका लागि काम गर्न सांसद रामनारायण विडारीको आग्रह / गुण्डाहरुले गाडीका पास लिएर हिड्ने गरेकाले पास वितरणमा थप कडाई गर्न गृहलाई आग्रह ।

१०.(कांग्रेसको कसरत)
विदेशमा रहेका नेपालीलाई लक्षित गरी नेपाली कांग्रेसले सार्वजनिक गर्याे रेस्क्यु एप र वेव / नेपालीको अवस्थाबारे संकलन गरी तथ्यांकसहित राहत, व्यवस्थापन र उद्धारका लागि सरकारलाई सहयोग र दवाव दिने कांग्रेसको तयारी ।

११.(कुहिएको राहत)
सामुदायिक वनले दाङको लमहीबाट राहत बाँडन लगेको चामल कुहिएको र खान नमिल्ने भएपछि चामल गोदाम सिल /चामल फिर्ता गराउन आउने जाने ढुवानी खर्च सप्लायर्सले क्षतिपूर्ति दिने ।

१२.(जनता जागेपछि)
पर्सामा भारतीय पक्षले दशगजा क्षेत्रमा वन गस्तीका लागि भन्दै निर्माण थालेको भ्युटावरसहितको सुरक्षा पोस्ट सीमाबाट ३० मिटर पर सारियो /स्थानिय बासिन्दाको चर्को विरोधपछि निमार्ण कार्यमा रोक ।

१३.(गए भारतीय)
नेपालले लकडाउन सुरु गरेयता भारतले पहिलोपटक चार्टर उडान गरेर आफ्ना नागरिकलाई काठमाडौंबाट फिर्ता लग्यो /एयर इन्डियाको चार्टर्ड विमानमार्फत १ सय ६५ भारतीय नागरिकको उद्दार ।

१४.(विश्व बैंकको उदारता)
कोरोना महामारीका कारण विश्वका थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने विश्व बैंकको ठहर / बैंकले आर्थिक संकट कम गर्न एक सयवटा विकासशील देशका लागि एक सय ६० अर्ब डलरको सहायता दिने ।

र,

Advertisement

१५.(संक्रमणसँग जोडिएकाहरु)
कोरोना भाइरस महामारीका कारण हालसम्म विश्वभर ३ लाख २५ हजार बढीको मृत्यु /संक्रमितको संख्या ५० लाख नाघ्यो /१९ लाख ७२ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

सम्बन्धित खबरहरु

Scroll to Top