टेकु अस्पतालमा उपचाररत चार जना संक्रमित डिस्चार्ज

८ जेठ ७७, शुक्रबार

८ जेष्ठ, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

Advertisement

कोरोनामुक्त भएपछि भक्तपुरका दुई र काठमाडौंका दुई जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । लगातार दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा भक्तपुरका एक पुरुष , एक महिला, काठमाडौंकी एक महिला र अर्का संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।

Advertisement

यससँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४९ पुगेको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top