खुकुरी प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

८ जेठ ७७, शुक्रबार

९ जेष्ठ, सोलुखुम्बु । सोलुखुम्बु सोताङ बस्ने ४६ बर्षीया परीमाया राईले आफ्नै श्रीमानालाई खुकुरी प्रहार गरी हत्या गरेकी छिन् ।

हिजो दिउँसो साढे ३ बजे घरमा बसिरहेका ४५ बर्षीय प्रताप सिंह राईलाई परीमायाले टाउँकोमा खुकुरी प्रहार गरेकी हुन् । खुकुरी प्रहारबाट घाईते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

मादक पदार्थ सेवन गरी घरमा आएकी परीमायाले एक्कासी श्रीमानालाई खुकुरी प्रहार गरी फरार भएकी थिईन् । तत्काल प्रहरीमा खबर हुनसाथ उनलाइ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top