अद्यावधिक नक्सा तत्कालै पाठ्यपुस्तकमा पुर्याइने

१२ जेष्ठ, काठमाडौं ।
लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले हालै सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् ।

Advertisement

नयाँ कक्षा सुरु भएको दिन सबै विद्यार्थीलाई नेपालको नयाँ नक्सा पु¥याउने गरी गृहकार्य थालिएको छ । यस शैक्षिक सत्रका लागि अधिकांश पुस्तकको छपाइ प्रक्रिया करिब सकिएको छ तर जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक महेश तिमिल्सिनाले विभिन्न विकल्प प्रयोग गरेर नक्सा पुस्तकमा समेटिने बताए  ।

पाठ्यक्रम विकास केन्द्रको लिखित अनुमतिपछि मात्र जनक शिक्षाले नयाँ नक्साको छपाइ गर्न पाउने कानुनी प्रावधान छ । पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले यसबारे आधिकारिक निर्देशन आउन बाँकी रहेको जानकारी दिए। निर्देशन आएमा विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराउने योजना भने पूरा गर्न सकिने उनले बताए ।

Advertisement

प्राप्त जानकारी अनुसार छपाइ हुन बाँकी पुस्तकको हकमा नयाँ स्वीकृति दिन सकिने छ । छपाइ भएर विद्यार्थीको हातमा पुगिसकेको पुस्तकको हकमा भने विद्यालयलाई जानकारी गराएर विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराई पढ्न प्रेरित गरिनेछ । यसमा प्रविधिको प्रयोग गरेर शिक्षकलाई जानकारी गराउने योजना पनि अगाडि सारिएको छ ।

विद्यालय तहसम्म नेपालको नयाँ नक्सा मात्रै अलगै छपाइ गरेर पनि पु¥याउन सकिने भट्टराईको भनाइ छ । केन्द्रका प्रवक्ता भट्टराईले छापिएका तर विद्यार्थीको हातमा पुग्न बाँकी रहेका पुस्तकको हकमा भने सबैभन्दा पछिल्लो पातोमा नक्सा टाँस गरेर पनि विद्यार्थीलाई उपलब्ध गराउन सकिने बताए ।

Advertisement

जनक शिक्षाका महाप्रबन्धक तिमिल्सिनाले हालसम्म केन्द्रबाट प्रकाशित भएर क्षेत्रीय कार्यालय तथा डिलरसम्म पुगेका झन्डै २५ प्रतिशत पुस्तक मात्रै बिकेको जानकारी दिए। छपाइका लागि नयाँ अनुमति आउन समय लागेको अवस्थामा नक्सा मात्रै अलगै छपाइ गरेर पनि देशभरका विद्यार्थीको हातमा पु¥याउने योजनामा आफूहरू रहेको उनले बताए ।

सरकारले नयाँ भूभाग समेटेर जारी गरेको नयाँ नक्सा विद्यार्थीले तुरुन्त पढ्न र हेर्न पाउनुपर्छ भन्नेमा आफूहरू सजग रहेको उनको भनाइ छ । देशभर एक हजार एक सय जति डिलर रहेका कारण नयाँ नक्सा विद्यार्थीको हातमा पु¥याउन कुनै समस्या नभएको महाप्रबन्धक तिमिल्सिनाले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top