×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पुर्‍याउने नै संक्रमणमा

१२ जेष्ठ २०७७

१२ जेष्ठ, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका–३ मा सोमबार पुष्टि भएका कोरोना संक्रमित निजी एम्बुलेन्स सञ्चालक रहेको नगरपालिकाले जनाएको छ ।

३७ वर्षीय उनले लकडाउनको अवधिमा आफ्नो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्दै आएका थिए । लकडाउनको अवधिमा अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पुर्‍याउने, राहत बाँड्ने काममा सक्रिय थिए,’ नगर प्रवक्ता नवराज भट्टराईले भने, डाइलसिस गर्नुपर्ने बिरामी, गर्भवतीलगायतलाई अस्पताल पुर्‍याउने काम गर्दै आएका थिए ।’

Advertisement
Advertisement

नगरपालिकाले जेठ ८ र ९ गते १ सय १ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । जसमध्ये ६० जनाको नतिजा नेगेटिभ र एक जनाको नतिजा पोजिटिभ आएको हो,’ उनले भने, ४० जनाको नतिजा आउन बाँकी छ ।’

Advertisement
Advertisement

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले ती व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरिसकेको उनले बताए । उनलाई अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिँदै छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top