श्रीमती घरमै मृत फेला, श्रीमान पक्राउ

श्रीमती घरमै मृत फेला, श्रीमान पक्राउ

१२ जेष्ठ, विराटनगर ।
उदयपुरको रौतामाई गाउँपालिका ८ की ४३ बर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ आफ्नै घरमा मृत फेला परेकी छन् ।

सोमबार ७ बजेको समयमा तामाङ आफ्नै घरमा मृत अबवस्थामा रहेको भन्ने जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले महिलालाई धारिलो हतियार प्रहारबाट मृत रहेको अवस्थामा फेला पारेको हो ।

महिलाको धारिलो हतियार प्रहारबाट हत्या भएको आशंकामा प्रहरीले मृतककै श्रीमान ५२ बर्षीय बिष्णु तामाङलाई नियन्त्रणमा लिएको छ भने मृतकको कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.