दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(एकैदिन ९०)
नेपालमा मंगलबार एकै दिन थप ९० जना नयाँ कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७ सय ७२ पुग्यो /१ सय ५५ जना उपचार पछि निको भए ।

२.(भयावहबाट बच्नका लागि)
मंगलबारसम्म पीसीआरबाट ५४ हजार ४ सय २४ र आरडिटीबाट ९७ हजार ९ सय ६७ जनाको नमुना परीक्षण /अहिलेसम्मकै सवैभन्दा बढी देशभर ५५ हजार बढी विभिन्न क्वारेन्टाइनमा ।

३.(चिकित्सकको आलोपालो)
सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न स्वास्थ्य मन्त्रालयको आग्रह /स्वास्थ्यकर्मी तथा चिकित्सकहरु नै संक्रमित हुन गई सेवा प्रवाहमा कठिनाई हुन सक्ने भन्दै हप्ता हप्तामा ड्युटी परिर्वतन हुने ।

४.(स्वास्थ्यमन्त्री क्वारेन्टाईनमा)
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भेट गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टाईनमा रहेका मन्त्री ढकालको पनि स्वाब संकलन गरियो /स्वास्थ्य मन्त्रालयका अन्य कर्मचारीको समेत स्वाव संकलन ।

५.(लकडाउनको दिनगन्ती)
सरकारले जारी गरेको लकडाउनको ६४ दिन पूरा /जनजीवन थप प्रभावित हुदै/ केही स्थानमा पालना केही स्थानमा लकडाउनको उल्लंघन/लकडाउनको पालना गराउन प्रहरीलाई हैरानी ।

६.(दलित प्रेमी मारिएपछि…..)
रूकुम पश्चिममा माथिल्लो जातका युवतीलाई भगाउन खोज्दा मारिएका दलित युवकसहित तीनजनाको मत्युबारे छानविन गरी दोषीमाथि कारबाही गरिने गृहमन्त्री रामबहादुर थापाको प्रष्टोक्ति /घटनाबारे छानबिन समितिले दुई सातामा प्रतिवेदन दिने ।

७.(जातिय विभेदविरुद्ध)
रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन /मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने माग /ग्रामिण क्षेत्रमा जातिय विभेद विरुद्धका अभियानहरु सञ्चालन गर्नुपर्ने माग ।

८.(एमसीसीको विरोध)
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)विरुद्ध वैद्यनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा माईतीघर मण्डलामा विरोध प्रदर्शन /विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप ÷सम्झौता खारेज गर्न साझा पार्टीको माग ।

९.(विपक्षीको बोली)
लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा औल्याउँदै खबरदारी गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको सञ्चारमाध्यमसँग आग्रह /सञ्चारकर्मी र मिडिया हाउसका लागि राहत प्याकेज ल्याउन सरकारसँग आग्रह ।

१०.(लोगोमा नक्सा)
संघीय संसद्को लोगोमा अद्यावधिक गरिएको नेपालको नक्सा राखियो /निसान छाप सच्याउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव बुधबारको प्रतिनिधिसभा बैठकमा पेश हुने ।

११.(प्रदेश बजेटको प्राथमिकता)
कोभिड—१९ ले पारेको असरलाई मध्यनजर गर्दै बागमती प्रदेशले आगामी आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने / उत्पादनशिल क्षेत्रमा लगानी बृद्धि गर्दै बैंकहरुबाट न्यून व्याजदरमा ऋण उपलब्ध गराइने ।

१२.(जवाफदेहीताको खोजी)
मुलुकमा पछिल्ला दिनमा भइरहेको मानवअधिकारसँग जोडिएका सवालमा जवाफदेहीता निगरानी समितिद्वारा मानवअधिकार आयोगको ध्यानाकर्षण /संक्रमित व्यक्तिको उपचार सम्बन्धी सामग्री तथा आधारभूत आवश्यकताको आपूर्ति र वितरणका विषयमा चासो

१३.(रोजगारीका योजना)
कोरोना महामारीले सिर्जना हुने बेरोजगारी दर उद्योगमार्फत व्यवस्थापन गर्न सरकारले श्रम बैंकको अवधारणा अघि बढायो /सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा करिब २० लाख श्रमिकलाई रोजगारी दिने योजना ।

१४.(संक्रमण फैलिने चेतावनी)
कोरोनाको संक्रमण ओरालो लाग्ने क्रममा रहेका देशमा पुनः महामारीको दोस्रो लहर आउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य संगठनको आग्रह /कोरोना भाइरसको सम्भावित उपचारका लागि हाइड्रोक्सी क्लोरोक्लिनको परीक्षणमा पनि रोक ।

र,
१५.(कोरोनाको तथ्याङ)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ३ लाख ४८ हजार बढीको मृत्यु/५६ लाख ९ हजार बढी संक्रमित / २३ लाख ८६ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top