×

NEPAL TIMES UPDATES

Playing
दिपक भट्टको हिरासत लम्बिदा, सम्पत्ति शुद्धीकरणको दफा १६ को चर्चा || Nepal Times
May 17, 2026
Playing
Top 15 Afternoon News || May-17-2026 || Nepal Times
May 17, 2026
Playing
के फेरि मन्त्री बन्दैछन् महावीर पुन ? || Nepal Times
May 17, 2026
Playing
भारतले सिन्धु जल सम्झौता तोड्न नपाउने, Pakistanको पक्षमा फैसला || Nepal Times
May 17, 2026
Playing
इरान यु द्धः यूएईका राष्ट्रपतिलाई पुटिनको फोन, पाकिस्तानी मन्त्री तेहरानमा || Nepal Times
May 17, 2026
Playing
यो वर्ष मनसुनमै खडेरीको आशंका || Nepal Times
May 17, 2026
Playing
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन || Nepal Times
May 17, 2026
Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026

मलेसियाली प्रधानमन्त्रीले शनिबार संसद विघटन गर्ने

२३ चैत्र २०७४

क्वालालम्पुर, २३ चैत ः मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको प्रतिनिधि सभा (संसदको तल्लो सदन) बिघटन गर्ने बताएका छन् ।

उनले अर्को संसदीय निर्वाचनका लागि यो संसद विघटन गर्न लागेका हुन् । मलेसियाको संविधानमा संसद विघटन गरेपछि त्यसको बढीमा ६० दिन भित्रैमा अर्को संसदको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।

Advertisement
Advertisement

उनले आगामी कार्यकालका लागि पनि प्रधानमन्त्रीको उम्मेदवार हुने अपेक्षा गरेका छन् ।

मलेसियाली सञ्चारमाध्यमहरुले प्रधानमन्त्री रजाकले अर्को कार्यकालका लागि पनि आफू निर्वाचनमा उठ्ने योजना बनाएको बताएका छन् ।

शुक्रबार सम्पन्न मन्त्रिपरिषदको एक विशेष बैठकपछि प्रधानमन्त्री रजाकले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले शनिबार संसद बिघटन गर्ने जानकारी दिएका हुन् ।

उनले आफूले शनिबार संसद बिघटनको लागि मलेसियाका राजा सुल्तान मोहम्मद भिको अनुमति लिइसकेको जानकारी सो सम्बोधनका क्रममा दिएका छन् ।

निर्वाचनको मिति भने तोकिएको छैन । तर संसद बिघटन भएपछि मलेसियाको निर्वाचन अयोगले तोक्ने व्यवस्था छ ।

आजै मिति नतोकिएको भए पनि संसदको विघटन भएपछि बढीमा दुई महिनाभित्रमा निर्वाचन गराइसक्नुपर्ने प्रावधान संविधानमा रहेकोले सो निर्वाचन सुनिश्चित नै छ ।

मलेसियाली नागरिकहरुले २२२ सदस्यीय यहाँको संसदको तल्लो सदन प्रतिनिधि सभा चयन गर्नेछन् ।

मलेसिया स्वतन्त्र भएपछिका प्राय सबै निर्वाचनहरुमा नै मलेसियाली राजनीतिक दल युनाइटेड मलायाज् नेशनल अर्गनाइजेसन्ले नै संसदीय निर्वाचनमा जित हात पार्दै आएको छ ।

उक्त दलले अर्को एक सानो सत्ता गठबन्धन दल बरिसन नेशनलसँगको सहकार्यमा प्राय हरेक संसदीय निर्वाचन जितेर शासन गर्दै आएको छ ।

उक्त युएमएनओको वर्तमान अध्यक्ष पनि वर्तमान प्रधानमन्त्री रजाक नै छन् । अहिले पनि यहाँका विश्लेषकहरुले सोही दलले नै सरकार निर्माण गर्न मिल्नेगरी सुविधाजनक बहुमत ल्याउने अनुमान गरेका विश्लेषणहरु गरिरहेका छन् ।

तर यस पटक भने प्रधानमन्त्री रजाकलाई सोही दलका संस्थापक तथा आधुनिक मलेसियाका विकासका अगुवा महाथिर मोहम्मदका कारण समस्या परेको छ । यसले गर्दा उनको दललाई धक्का लाग्ने सम्भावना पनि ती विश्लेषकहरुले देखेका छन् ।

उनले पार्टीभित्रको विवादपछि सन् २०१६ मा सो युएमएनओ दल छोडेर विपक्षी दलमा गएका छन् ।

Advertisement
Advertisement

महाथिरका कारण प्रधानमन्त्री रजाक पनि विवादमा आएका थिए । उनी मलेसियाका एकजना लोकप्रिय ९२ वर्षीय राजनीतिज्ञ हुन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top