भीमफेदी–कुलेखानी सुरुङमार्गमा केन्द्र सरकारले साझेदारी गर्ने

१६ जेठ ७७, शनिबार

१६ जेठ,हेटौंडा ।

वाग्मती प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि सारिएको पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणमा सङ्घीय सरकारले समेत साझेदारी गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने सुरुङमार्गमा सहलगानीमा कार्य सम्पन्न गर्ने उल्लेख छ । सुरुङमार्गमा सङ्घीय सरकारको समेत सहभागिता निश्चित भएपछि तोकिएकै समयमा काम सम्पन्न हुने वातावरण बनेको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको उक्तमार्गको निर्माण केबल बाटो छोटो गराउने उद्देश्यले मात्र नभई इन्धन, मोटरपार्टस् आदिमा खर्चहुने राज्यको ठूलो धनराशिको बचत, दुर्घटना न्यूनीकरण र उपत्यकाकेन्द्रित जनघनत्वको विस्तारलगायत दीर्घकालीन महत्वका आधारमा गर्न लागिएको बताए । प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने प्रदेशकै गौरव र रुपान्तरणकारी आयोजनाका रूपमा रहेको यो सुरुङमार्ग निर्माणको डिपिआरसमेत तयार भइसकेको उनले जानकारी दिए ।

Advertisement

मुख्यमन्त्री पौडेलले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यो सुरुङमार्गको निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै नेपालको दीर्घकालीन विकासमा यो सुरुङमार्ग कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । सुरुङमार्ग निर्माणपछि हेटौँडा—काठमाडौँ एक घण्टामा आउन सक्ने र यसले देशको समग्र अर्थतन्त्रको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै उहाँले हेटौँडा–भीमफेदी, भीमफेदी–कुलेखानी सडक र सिस्नेरी काठमाडौँ सडकलाई फराकिलो बनाइने योजना प्रदेश सरकारको रहेको जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार भई यसको निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताउँदै यो आयोजनालाई डिजाइन एण्ड बिउल्ट प्रक्रियाबाट आगामी चार वर्षभित्र निर्माण कार्य सम्पन्न गरिने लक्ष्य लिएको बताए ।

Advertisement

भारतबाट हाल अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरुङमार्ग हुँदै काठमाडौँ पु¥याउने योजना पनि सुरुङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने योजना रहेको जनाइएको छ । पाइपलाइनले पनि देशको ठूलो ढुवानी खर्च बचत गर्ने सरकारको अनुमान छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले सुरुङमार्ग सञ्चालनमा आएपछि इन्धन र स्पेयर पार्टस्मा वार्षिक रु एक अर्बभन्दा बढी रकम बचत हुने बताए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top