क्वारेन्टिनमै जन्मियो शिशु

१७ जेठ ७७, आइतबार

१७ जेठ, बाजुरा ।

बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छन् । सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माएकी हुन् ।

वडा सदस्य ललित थापाका अनुसार कामको सिलसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएका थिए । भारतबाट आएको तीन दिनपछि क्वारेन्टिनमा बसेका बेला २० वर्षीया चदाराले पहिलो बच्चाका रुपमा छोरी जन्माएको उनले बताए ।

Advertisement

सोही वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले क्वारेन्टिनमा नै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको बताए । उनका अनुसार क्वारेन्टिनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको छ ।

क्वारेन्टिनमा सुत्केरी

Advertisement

बूढीगङ्गा नगरपालिका–१ वडा कार्यालयले धुरालसैन माध्यमिक विद्यालयमा तीन दिनकी सुत्केरी महिला क्वारेन्टिनमा बसेको पाइएको छ । सोही नगरपालिका अम्कोटकी २० वर्षीया पूजा नेपाली रहेको वडा सदस्य थापाले बताए ।

भारतको पलियाबाट सुत्केरी भएर आएकी नेपाली र उनका श्रीमान्समेत सोही क्वारेन्टिनमा बस्दै आएका छन् । क्वारेन्टिनमा बसेका सुत्केरी आमा र शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी दिया सिंहले बताइन्। उनीहरुको सुरक्षा सामग्री प्रयोग गरी जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top