×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

कोरोना सङ्क्रमितको सङ्ख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

१८ जेष्ठ २०७७

१८ जेठ, ब्रासिलिया ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक सङ्क्रमितको सङ्ख्या निकै बढी देखिएको छ ।

Advertisement
Advertisement

दक्षिण अमेरिकी मुलुकहरूमा आउँदो सप्ताह पनि निकै सकसपूर्ण हुने अनुमान गरिएको छ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या वा मृत्यु हुने व्यक्तिको सङ्ख्यामा कमी आउने कुनै लक्षण देखिएका छैनन् । खासगरी ब्राजिलमा राष्ट्रपति जेयर बोल्सोनारो र अरु प्रमुख नेताहरूबीच नै भाइरसलाई लिएर मतभिन्नता कायमै छ ।

ब्राजिलमा संयुक्तराज्य अमेरिकापछि सबैभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित छन् । यहाँ सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघिसकेको छ भने मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० हजार पुग्न लागेको छ । कोरोना प्रसार रोक्न जारी लकडाउन यथावत राख्ने वा हटाउने भन्नेमा नेताहरूबीच मतैक्य हुन सकेको छैन । राष्ट्रपति जेयर बोल्सोनारोको विचारमा लकडाउनबाट अर्थतन्त्रमा पुग्ने असर भाइरसभन्दा खतरनाक हुनेछ । उहाँले मुलुकका गभर्नर र मेयरहरूलाई लकडाउनको विकल्प खोज्न निरन्तर आग्रह गरिरहनुभएको छ ।

विश्वभर कोरोनाका कारण तीन लाख ६८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएसँगै संयुक्तराज्य अमेरिका, युरोप र एसियाका धेरै मुलुकले लकडाउन हटाउने वा जनजीवनलाई खुकुलो बनाउनेतिर ध्यान दिन थालेका छन् ।

युरोपेली युनियनले एक विज्ञप्ति प्रकाशन गरी देशहरूबीच थप सहयोग बढाई सामूहिक समाधान खोज्न आग्रह गरेको छ । जर्मनीका स्वास्थ्य मन्त्री हेन्स स्पाहनले विश्व स्वास्थ्य सङ्गठनको सहयोग कटौती गर्ने अमेरिकी प्रशासनको निर्णय निकै निराशाजनक रहेको प्रतिक्रिया दिनुभएको छ । यसैबीच, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा अर्को महिनाका लागि डाक्नुभएको जी७ को बैठकमा जर्मन चान्सलर एन्जेला मर्केल सहभागी नहुने घोषणाले पनि विश्व जनमत अझै विभाजित रहेको देखाउँछ ।

कोरोनाभाइरसको प्रसार रोक्ने प्रयासस्वरुप जारी लकडाउनले जनजीवन र अर्थव्यवस्था तहसनहस हुन लागेको भन्दै धेरै मुलुकले लकडाउनलाई खुकुलो बनाउन थालेका छन् । केही विज्ञहरूले लकडाउन खोल्नासाथ दोस्रो चरणको भाइरस प्रसार हुने खतरा औँल्याएका छन् ।

सोमबार लकडाउन हटाउने तयारी गरेको बेलायतमा सरकारका वरिष्ठ सल्लाहकारहरूले लकडाउन खोल्न हतारिनु नहुने प्रतिक्रिया दिएका छन् । कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढेको देखिए पनि भारतले शनिबार आगामी जुनको पहिलो सातासम्ममा लकडाउन खोल्नेगरी तयारी गरेको घोषणा गरेको छ ।

इरानमा पनि मस्जिदहरूमा सामूहिक प्रार्थनाका लागि खुला गर्न सकिने घोषणा गरेको छ । जेरुसेलमको अल–अक्सा मस्जिदको परिसर पनि प्रार्थनाका लागि आइतबार पुनः खुला गरिएको छ ।संयुक्तराज्य अमेरिकी राजधानी वासिङ्टनमा रेस्टुराँहरू खुल्न थालेका छन् भने लस एन्जलसमा पनि रेस्टुराँ र सैलुनहरू खुलेका छन् ।

Advertisement
Advertisement

करिब २१ हजार ५०० व्यक्तिको मृत्यु भएको न्यूयोर्क शहर अगामी जुन ८ तारिखदेखि खुला हुँदैछ । अमेरिकामा कोरोनाभाइरसबाट एक लाख तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने झण्डै १७ लाख मानिस सङ्क्रमित छन् ।रासस / एएफपी

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top