घर-घर निशुल्क खाना पुर्याउने युवाहरुको निशुल्क कोरोना बीमा

१८ जेठ ७७, सोमबार

१८ जेठ, विराटनगर ।
लामो समयदेखि जारी लकडाउनको समयमा बिहान बेलुका छाक टार्न मुस्किल पर्ने विपन्न गरिब तथा असहायहरुलाई खाना खुवाउने विराटनगरका युवाहरुको बीमा गरिएको छ । जेनेरल इन्स्योरेन्स कम्पनीले १० जना युवाहरुको कोरोना बीमा गरिदिएको हो ।

लकडाउन भएसँगै घर घरमा पुगेर उनीहरुले निःशुल्क खाना खुवाउँदै आएका थिए । विराटनगरकी नेकपाकी युवा नेतृ नमिता न्यौपानेको सहयोगमा प्रतिव्यक्ति एक लाखको कोरोना (कोभिड-१९) बीमा गरिएको हो ।

Advertisement

अब बीमा गरिएको व्यक्तिलाई कोरोना संक्रमित पुष्टि भएमा एक लाख बराबरको बीमा रकम प्राप्त गर्नेछन्। युवा नेता तथा सामाजिक अभियान्ता ओसिम आलमको नेतृत्वमा युवाहरुले विगत २ महिना अघिबाट सडक पेटीमा बस्नेहरुलाई निशुल्क खाना खुवाउँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top