×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

भारतमा चौबिस घण्टामा आठ हजार बढी सङ्क्रमित

१८ जेष्ठ २०७७

१८ जेठ, नयाँदिल्ली।

भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरूको दैनिक सङ्ख्यामा बृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरूको तुलनामा सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।

Advertisement
Advertisement

पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ३८० जना नयाँ सङ्क्रमित देखिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार १४३ पुगेको अधिकारीहरूले जनाएका छन् । अघिल्ला दिनहरूमा दैनिक रुपमा सङ्क्रमित हुनेहरूको सङ्ख्या योभन्दा थोरै रहेको थियो ।

त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या पाँच हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा देशभरि ८९ हजार ९९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने झण्डै उत्तिकै सङ्ख्या अर्थात् ८६ हजार ९८३ जना सङ्क्रमणमुक्त भएका छन् ।

“तथ्याङ्कलाई विश्लेषण गर्दा कुल सङ्क्रमितमध्ये ७४-७५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएका छन्,” एक जना सरकारी उच्च अधिकारीले भने । कुल सङ्क्रमितहरूको सङ्ख्यामा विदेशीहरूको सङ्ख्या पनि जोडिएको मन्त्रालयले स्पष्ट पारेको छ । भारतमा दर्जनौँ नेपाली पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा भारतमा थप १९३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै ९९ जनाको महाराष्ट्र राज्यमा मृत्यु भएको छ ।

त्यसैगरी, दोस्रो धेरै गुजरातमा २७ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

Advertisement
Advertisement

उनीहरूका अनुसार मध्यप्रदेश र राजस्थानमा नौ, नौ जना, पश्चिम बङ्गालमा सात जना, तमिलनाडु र तेलङ्गानामा छ/छ जना, बिहारमा पाँच जना, उत्तर प्रदेशमा तीन जना, पञ्जाबमा दुई जना, हरियाणा र केरलामा एक/एक जनाको कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।पीटीआई/रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top