डिपिएसले सुरु गर्यो आधुनिक उच्चतम प्रविधिबाट अनलाइन कक्षा

१८ जेठ ७७, सोमबार

१८ जेठ, विराटनगर ।

लामो समयदेखि जारी रहेको लकडाउनका कारण बन्द रहेका विद्यालयहरुले पछिल्लो समय अनलाइन मार्फत पठनपाठन अघि बढाएका छन् । विराटनगरस्थित दिल्ली पब्लिक स्कुलले पनि अब नयाँ शैक्षिक सत्रका लागि अनलाइन माध्यामबाट विद्यार्थीहरुलाई अध्ययन गराउन सुरु गरेको छ ।

विगत १२ वर्ष देखि गुणस्तरीय शिक्षा दिँदै आएको सो विद्यालयले अनलाइन कक्षा संचालनका लागि विद्यार्थीको शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन सम्पूणर् शिक्षकका घरमा इन्टरनेट जडान गर्नुका साथै ल्यापटपको पनि व्यवस्था गरेको विद्यालयले जनाएको छ । अब हरेक विषयको अध्ययन समय तालिका अनुसार शिक्षकहरुले स्कुलकै प्रारुपमा घरबाटै अनलाइन कक्षा पढाउने छन् ।

कोरोना महामारीको यस अवस्थामा पनि विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक प्रविधिको प्रयोग गर्दै डि.पि.एस ले अब अनलाइन सेवा दिने दिल्लीपब्लिक स्कुलका एकेडेमिक प्रमुख सुशान्त बानियाँले बताए । विद्यालयले गत वर्षको माघ महिनामा नै निट कोलकत्ता नामक संस्थासंग सफ्टवयेर विकास गरी प्रयोग गर्ने सम्झौता गरेको उनले बताए । सो संस्थाको प्राक्टिस पल्स सफ्टवयेरको प्रयोगबाट सजिलै घरबाट विद्यार्थीको सिकाईलाई मुल्याङ्कन गर्न सकिने बाँनियाले बताए ।

यस्तै शारिरीक कक्षा तर्पm विद्यार्थीहरुले घरै बसी अनलाइन प्लेटफर्म एल एम एस अर्थात लभ माई स्कुल नामक सफ्टवयेर, स्मार्ट बोर्ड विथ कन्टेनट पनि जडान गरिसकेको बानियाँले बताए। स्कुलले यस वर्ष नै लाइभ क्लास र फिल्म मेकिङको लागि आफ्नै भवनमा स्टुडियो पनि निर्माण गरिसकेको छ । बानियाँका अनुसार स्कुलले आकाश, किड्लेश, निको फाइनान्स, प्रभु बैक र ईस्ट्रन इन्जिनियरिङ कलेज लगायतसँग तालिमका लागि सम्झौता गरेको छ । दिल्ली पब्लिक स्कुल प्रदेश एककै एक नमुना विद्यालयको रुपमा परिचित छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top