लक्षण नदेखिएकाको पनि पीसीआरमार्फत स्वास्थ्य परीक्षण गर्ने तयारी

१९ जेठ ७७, मंगलबार

२० जेष्ठ, काठमाडौं ।
कोरोना भाइरसको लक्षण नदेखिएकाको पनि पीसीआर विधिमार्फत स्वास्थ्य परीक्षण गर्ने तयारी पनि सरकारले गरेको छ ।

विशेषगरी भारतबाट आएकाहरुको स्वास्थ्य जाँचलाई प्राथमिकता दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, भारतबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वरेन्टीनमा राखिने भएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भारतबाट आएका सबैलाई पहिलो चरणमा क्वरेन्टीनमा राखिने छ ।

१४ दिनसम्म क्वरेन्टीनमा बसेकाको शंका लागे पीसीआर विधिमार्फत परीक्षण गरिने छ । नेपालमा लक्षण नै नदेखिएकालाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाले भारतबाट आएका तर शंकास्पद देखिएकाको परीक्षण गर्ने तयारी भएको देवकोटाले बताए । १४ दिनसम्म क्वरेन्टीमा राखे पछि उनीहरुलाई घर फर्काइने छ ।

घर फर्किएपछि कुनै समस्या देखिए उनीहरुलाई घरमा नै क्वरेन्टीनमा राखिने छ । यसैगरी सरकारले अग्रपंक्तिमा काम गर्ने सबै डाक्टर तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने भएको छ । सङ्क्रमितको उपचारमा खटिएका डाक्टरसहित स्वास्थ्यकर्मीको बेला बेलामा परीक्षण थाल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले सङ्क्रमितको संख्या बढ्दै गए पछि वैकल्पिक प्रयोगशालाको बारेमा छलफल थालेको छ । अहिले भएका प्रयोगशाला अपर्याप्त हुन सक्ने भन्दै वैकल्पिक प्रयोगलाशा कसरी स्थापना गर्ने भन्ने विषयमा तयारी भईरहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारले जानकारी दिए।

उनका अनुसार सप्तरीको राजविराजमा छिट्टै पीसीआर विधिमार्फत परीक्षण गर्ने प्रयोगशाला स्थापनाको तयारी भएको छ । अहिले २ लाख जनालाई पीसीआर विधिमार्फत परीक्षण गर्न औषधि रहेको र थप औषधि खरिदका लागि प्रक्रिया सुरु भइकेको अधिकारीले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top