कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व

१९ जेठ ७७, मंगलबार

२० जेष्ठ, काठमाडौं ।
नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण गरेको छ।

Advertisement

स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण गरिएको हो। सङ्घका अध्यक्ष विनोद पौडेल, उपाध्यक्ष मानबहादुर साउद, महासचिव सुमन पाण्डेसहितको टोलीले सोमबार आयुर्वेद चिकित्सक सङ्घ नेपालका अध्यक्ष डा. प्रकाश ज्ञवाली र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष देवराज लामिछानेलाई ज्याकेट हस्तान्तरण गरे।

उत्पादक सङ्घका अध्यक्ष पौडेलले नेपालमा आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रभावकै कारण कोरोनाको सन्त्रास कम देखिएको उल्लेख गर्र्दै पछिल्ला दिनमा यसको महत्व बढ्दै गएको बताए। चिकित्सक सङ्घलका अध्यक्ष डा. ज्ञवालीले वितरित ज्याकेटले औषधि उत्पादक, चिकित्सक, स्वास्थ्यकर्मी एक ठाउँमा छन् भन्ने सन्देश दिएको बताए।

Advertisement

उनले भने, “हामी आयुर्वेदलाई स्वास्थ्य क्षेत्रको पहिलो चिकित्सकीय पद्धतिकै रूपमा विकास एवं विस्तार गर्न चाहन्छौँ, सरकारको माथिल्लो निकायमा रहेकाहरुले यो कुरो बुझिदिनुपर्छ।” यतिबेला विश्व नै कोरोनाको महामारीबाट अक्रान्त छ। कोरोना कहरको यो समयमा एलोप्याथी अर्थात् आधुनिक मेडिसिन नै प्रयोग गर्नेहरु पनि आयुर्वेद तथा वैकल्पिक चिकित्समा फर्किसकेका छन्।

यही बेला आयुर्वेद चिकित्सकले अधिकतमरूपमा आयुर्वेदलाई आम मानिसमाझ पुर्याउनुपर्ने बेला आएको चिकित्सकहरुको भनाइ थियो। नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष लामिछानेले अब आयुर्वेद औषधि उत्पादक, व्यवसायी, चिकित्सक एवं स्वास्थ्यकर्मीले आयुर्वेदलाई साझा एजेण्डा बनाएर अगाडि बढ्नुपर्ने बताए।

Advertisement

सरकारले भर्खरै आयुर्वेद ‘गाइडलाइन’ बनाएर आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रवद्र्धनमा ध्यान दिएको छ। नेपालीको रोेगप्रतिरोधात्मक क्षमता आयुर्वेद तथा जडीबुटीहरुकै कारण उच्च रहेको प्रमाणित भइसकेको आयुर्वेद चिकित्सकको भनाइ थियो।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top