संविधान संशोधन विधेयक दर्ता गर्दै कांग्रेस

१९ जेठ ७७, मंगलबार

२० जेष्ठ, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ ।

Advertisement

कांग्रेस सांसद अमरेशकुमार सिंहले केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गर्न लागिएको बताए । संशोधन विधेयक दर्ताका लागि सिंहलगायतका सांसदहरु संघीय संसद् सचिवालयमा पुगेका छन् । संशोधन विधेयकबारे सिंहले भने, पहिले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको विधेयक नै दर्ता गर्न लागेका हौं ।

केन्द्रीय समितिको निर्देशनअनुसार नै संशोधन विधेयक दर्ता गर्न लागेका हौं ।’ यसअघि समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् । सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सालाई निसान छापमा समावेश गर्न संविधान संशोधन विधेयक संसद्‍मा पेस भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top