लोकसेवाको परीक्षामा सहभागी हुन पीसीआर रिपाेर्ट अनिवार्य

२० जेठ, काठमाडौँ ।
लोक सेवा आयोगले उम्मेद्वारहरुले परीक्षामा सहभागी हुन अनिवार्य रूपमा कोरोना परीक्षणको पीसीआर रिपोर्ट बुझाउनु पर्ने जनाएको छ । आयोगले मंगलबार सूचना जारी गरी राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले त्यस अगावै पीसीआर परीक्षणको रिर्पोट बुझाउन सूचित गरेको छ ।

Advertisement

प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारमध्ये काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यका बाहिर गई आएका भएमा कोभिड १९ पीसीआर परीक्षणको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तरवार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन सूचना जारी गरिएको हो ।

स्वास्थ्य परीक्षणमा समस्या आएमा आयोगले सहजीकरणसमेत गर्ने सूचनामा उल्लेख छ । आयोगले असार २ गते सहसचिवका लागि अन्तर्वार्ता लिने कार्यक्रम सार्वजनिक गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top