NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ? बुधबार असार ३२ , २०८२
अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’ बुधबार असार ३२ , २०८२
३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ? मङ्लबार असार ३१ , २०८२
सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै मङ्लबार असार ३१ , २०८२
Next
Prev

समाचार

भारतबाट फर्किने नेपालीले क्वारेन्टिन भरियो, थप आए राख्ने ठाउँ छैन

बुधबार जेष्ठ २१ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
भारतबाट फर्किने नेपालीले क्वारेन्टिन भरियो, थप आए राख्ने ठाउँ छैन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ जेष्ठ, कैलाली ।
कैलालीका विभिन्न स्थानीय तहका प्रमुखले अहिले पालिकामा सञ्चालन भएका क्वारेन्टिनको विकल्प खोज्नुपर्ने बताएका छन् ।

भारतबाट फर्किने नेपालीको सङ्ख्या बढ्दै जान थालेपछि व्यवस्थापनमा समस्या भएको तथा फर्कने नेपालीको सङ्ख्या अझै बढ्ने अवस्था देखिएको भन्दै पालिका प्रमुखहरूले यस्तो बताएका हुन् ।

कैलालीको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले आफ्नो पालिकामा अब भारतबाट आउनेलाई व्यवस्थापन गर्न नसकिने भन्दै सङ्घीय सरकारका प्रतिनिधि र कैलालीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताएका छन्।

Advertisement

प्रमुख चौधरीले ठूलो सङ्ख्यामा आएकाहरूको व्यवस्थापन गर्न क्वारेन्टिनको मापदण्ड पूरा नगरी क्वारेन्टिन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको र त्यस्ता क्वारेन्टिनबाट झनै जोखिम रहेको बताउँदै विकल्प खोज्नुपर्ने बताए ।

भारतमा रहेका नेपालीको बढ्दो आवागमन तथा पालिकामा मौज्दात रहेको भौतिक संरचना र जनशक्तिले थेग्न निकै चुनौती रहेको कारण क्वारेन्टिनलाई सञ्चालन गरेर नागरिकको व्यवस्थापन गर्न निकै चुनौती रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले बताए ।

प्रमुख चौधरीले पालिकाभरिका जनप्रतिनिधि, सामाजिक अगुवा, शिक्षक तथा युवा शक्ति लाग्दासमेत व्यवस्थापनमा समस्या भएको भन्दै क्वारेन्टिनको विकल्पमा होम क्वारेन्टिनको व्यवस्थापनलाई अघि सार्नुपर्नेमा जोड दिए ।

कैलालीकै गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद पालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालय तथा सार्वजनिक भवन गरेर ३३ क्वारेन्टिनमा दुई हजार ५०० मानिसलाई राखिरहेको र अझै पनि भारतबाट आउने नेपालीको सङ्ख्यामा कमी नआएकाले पालिका यो भार धान्न सक्ने स्थितिमा नरहेको बताउँछन् ।

नगरप्रमुख साउद सार्वजनिक क्वारेन्टिनको विकल्पमा होम क्वारेन्टिनको व्यवस्थापनलाई अघि बढाउनुपर्ने बताउँछन् । स्थानीय तहले आफ्नो क्षमताअनुसारको व्यवस्थापन गरिरहेको तर त्यो पूर्णरूपमा पर्याप्त नभएको स्वीकार गर्दै साउदले यो सङ्कट समाधानका लागि कडा केन्द्रीय नीति अघि सारिनुपर्नेमा जोड दिए ।

जोखिमपूर्ण क्वारेन्टिनको विकल्पका रूपमा होम क्वारेन्टिनलाई प्रोत्साहन गर्नुपर्ने धारणा कैलालीको लम्किचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँको पनि छ । नगरप्रमुख बजगाईँ ठूलो सङख्यामा नेपाली फर्कंदा व्यवस्थापनमा धेरै समस्या भइरहे पनि पालिका क्षमताअनुसारको व्यवस्थापनमा जुटिरहेको बताउँछन् ।

प्रत्येक वडामा क्वारेन्टिन निर्माण गरेर व्यवस्थापन गर्दा पनि सामूहिक बसाइ, सामूहिक शौचालयको प्रयोग तथा सामूहिक धारा बाध्यात्मकरूपमा प्रयोग गर्नुपर्दा जोखिम रहेकाले क्वारेन्टिनको विकल्पमा होम क्वारेन्टिनको अभ्यासलाई अनुशरण गर्नुपर्ने बताउँछन् ।

पछिल्लो समय भारतबाट आउनेको सङ्ख्या अत्यधिक बढेपछि कैलालीका विभिन्न स्थानीय तहमा ३१६ क्वारेन्टिन निर्माण गरिएका छन् । जसमा दुई हजार ३०० साठी महिला तथा १२ हजार ३१५ पुरुष गरेर जम्मा १४ हजार ६७५ क्वारेन्टिनमा बसिरहेको सुदूरपश्चिम स्वास्थ्य निदेशनालयको तथ्याङ्क छ । (रासस)

लोकप्रीय

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२

विचार

थप समाचार

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’
अन्तर्राष्ट्रिय

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?
ताजा समाचार

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?
अन्तर्राष्ट्रिय

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.