×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

भारतबाट फर्किने नेपालीले क्वारेन्टिन भरियो, थप आए राख्ने ठाउँ छैन

२१ जेष्ठ २०७७

२१ जेष्ठ, कैलाली ।
कैलालीका विभिन्न स्थानीय तहका प्रमुखले अहिले पालिकामा सञ्चालन भएका क्वारेन्टिनको विकल्प खोज्नुपर्ने बताएका छन् ।

भारतबाट फर्किने नेपालीको सङ्ख्या बढ्दै जान थालेपछि व्यवस्थापनमा समस्या भएको तथा फर्कने नेपालीको सङ्ख्या अझै बढ्ने अवस्था देखिएको भन्दै पालिका प्रमुखहरूले यस्तो बताएका हुन् ।

Advertisement
Advertisement

कैलालीको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले आफ्नो पालिकामा अब भारतबाट आउनेलाई व्यवस्थापन गर्न नसकिने भन्दै सङ्घीय सरकारका प्रतिनिधि र कैलालीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताएका छन्।

प्रमुख चौधरीले ठूलो सङ्ख्यामा आएकाहरूको व्यवस्थापन गर्न क्वारेन्टिनको मापदण्ड पूरा नगरी क्वारेन्टिन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको र त्यस्ता क्वारेन्टिनबाट झनै जोखिम रहेको बताउँदै विकल्प खोज्नुपर्ने बताए ।

भारतमा रहेका नेपालीको बढ्दो आवागमन तथा पालिकामा मौज्दात रहेको भौतिक संरचना र जनशक्तिले थेग्न निकै चुनौती रहेको कारण क्वारेन्टिनलाई सञ्चालन गरेर नागरिकको व्यवस्थापन गर्न निकै चुनौती रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले बताए ।

प्रमुख चौधरीले पालिकाभरिका जनप्रतिनिधि, सामाजिक अगुवा, शिक्षक तथा युवा शक्ति लाग्दासमेत व्यवस्थापनमा समस्या भएको भन्दै क्वारेन्टिनको विकल्पमा होम क्वारेन्टिनको व्यवस्थापनलाई अघि सार्नुपर्नेमा जोड दिए ।

कैलालीकै गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद पालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालय तथा सार्वजनिक भवन गरेर ३३ क्वारेन्टिनमा दुई हजार ५०० मानिसलाई राखिरहेको र अझै पनि भारतबाट आउने नेपालीको सङ्ख्यामा कमी नआएकाले पालिका यो भार धान्न सक्ने स्थितिमा नरहेको बताउँछन् ।

नगरप्रमुख साउद सार्वजनिक क्वारेन्टिनको विकल्पमा होम क्वारेन्टिनको व्यवस्थापनलाई अघि बढाउनुपर्ने बताउँछन् । स्थानीय तहले आफ्नो क्षमताअनुसारको व्यवस्थापन गरिरहेको तर त्यो पूर्णरूपमा पर्याप्त नभएको स्वीकार गर्दै साउदले यो सङ्कट समाधानका लागि कडा केन्द्रीय नीति अघि सारिनुपर्नेमा जोड दिए ।

जोखिमपूर्ण क्वारेन्टिनको विकल्पका रूपमा होम क्वारेन्टिनलाई प्रोत्साहन गर्नुपर्ने धारणा कैलालीको लम्किचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँको पनि छ । नगरप्रमुख बजगाईँ ठूलो सङख्यामा नेपाली फर्कंदा व्यवस्थापनमा धेरै समस्या भइरहे पनि पालिका क्षमताअनुसारको व्यवस्थापनमा जुटिरहेको बताउँछन् ।

प्रत्येक वडामा क्वारेन्टिन निर्माण गरेर व्यवस्थापन गर्दा पनि सामूहिक बसाइ, सामूहिक शौचालयको प्रयोग तथा सामूहिक धारा बाध्यात्मकरूपमा प्रयोग गर्नुपर्दा जोखिम रहेकाले क्वारेन्टिनको विकल्पमा होम क्वारेन्टिनको अभ्यासलाई अनुशरण गर्नुपर्ने बताउँछन् ।

Advertisement
Advertisement

पछिल्लो समय भारतबाट आउनेको सङ्ख्या अत्यधिक बढेपछि कैलालीका विभिन्न स्थानीय तहमा ३१६ क्वारेन्टिन निर्माण गरिएका छन् । जसमा दुई हजार ३०० साठी महिला तथा १२ हजार ३१५ पुरुष गरेर जम्मा १४ हजार ६७५ क्वारेन्टिनमा बसिरहेको सुदूरपश्चिम स्वास्थ्य निदेशनालयको तथ्याङ्क छ । (रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top