×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

अस्ट्रेलियाबाट नेपाल फर्कन १३०० ले भरे फारम

२१ जेष्ठ २०७७

२१ जेष्ठ, एजेन्सी ।
नेपाल सरकारले आफ्ना नागरिक नेपाल फर्काउने घोषणा गरेसँगै अस्ट्रेलियाबाट नेपाल फर्कनका लागि १ हजार २ सय ८३ जनाले आवेदन दिएका छन् ।

ठूलो संख्यामा नेपाल फर्कन चाहे पनि तेस्रो पटक आउने राष्ट्रिय ध्वजावाहक विमान भने यसपटक पनि रित्तै फर्किने भएको छ । अस्ट्रेलियास्थित नेपाली दूतावासले एक साताअघि नेपाल फर्कन चाहनेहरुलाई विभिन्न सर्तसहित फारम भर्न आग्रह गरेको थियो ।

Advertisement
Advertisement

सोही आग्रहअनुसार यहाँ अस्थायी भिसामा रहेका नेपालीले नेपाल जान इच्छा व्यक्त गर्दै फारम भरेका थिए । तर गत सोमबार काठमाडौैंमा अस्ट्रेलियाली अधिकारीहरुसँग भएको छलफलपछि विभिन्न प्राविधिक कुरा नमिलेका कारण जुन ८ तारिखमा अस्ट्रेलिया आउन लागेको नेपाली ध्वजावाहक विमानमा नेपालीको उद्दार नहुने भएको हो ।

तर पनि फारम भरिसकेका नेपालीलाई कसरी नेपाल लैजान सकिन्छ भन्ने विषयमा नेपाल सरकार र अन्य विमान कम्पनीसँग छलफल भइरहेको दूतावासले जनाएको छ ।आफ्नो विमानबाट यहाँ रहेका नेपालीको उद्धार गर्न नसकिने भएपछि परराष्ट्र मन्त्रालयले दूतावासलाई प्राथमिकताका आधारमा उद्धार गरिनुपर्ने नेपालीको नामावली पठाउन आदेश दिएको छ ।

दूतावासले बिहीबारसम्ममा सरकारलाई उक्त लिस्ट पठाइसक्ने र नेपाल फर्कंदा कसरी र कहाँ व्यवस्थापन गर्ने, स्वास्थ्य उपचार आवश्यक परे के गर्नेलगायतका विभिन्न प्रावधानमा निर्णय भएपछि उद्धार प्रक्रिया सुरु गरिने भएको छ ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहालले ठूलो संख्यामा नेपालीले स्वदेश फर्कने इच्छा व्यक्त गरेका कारण उनीहरुलाई प्राथमिकताका आधारमा फर्काइने दाबी गरे । आफ्नै विमानबाट केहीलाई फर्काउन पाएको भए धेरै राम्रो हुने थियो तर विभिन्न प्राविधिक समस्याका कारण यसपटक समेत आफ्नो विमानबाट कोही पनि नेपाली फर्कन नपाउने अवस्था आएको हो ।’

दूतावासले नेपाल फर्कन चाहने नेपालीलाई विभिन्न ७ सर्त राखेको छ । जसमा नेपाल फर्कंदा लाग्ने सम्पूर्ण हवाइखर्च यात्रु आफैले बेहोर्नुपर्नेछ भने क्वारेन्टाइनमा बस्दा लाग्ने खर्चका साथै यातायातलगायतका अन्य खर्चसमेत उनीहरुले नै तिर्नुपर्नेछ । दूतावासले भनेअनुसार सबै खर्च बेहोर्न तयार भए पनि नेपाल फर्काउने प्रक्रिया ढिलो भएकोमा भने उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

राजदुत दहालले भने सरकारी तवरमै अन्य विमान कम्पनीहरुसँग छलफल गरेर दुबई, कतारलगायतका स्थानसम्म ट्रान्जिट गराएर भए पनि निवदेन दिएका नागरिकलाई यथासक्य चाँडो नेपाल फर्काइने बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top