रुकुम (पश्चिम)को घटनाका दोषीलाई कारवाही गर्न नेकपाको ध्यानाकर्षण

२१ जेठ ७७, बिहीबार

२२ जेठ,काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेकाे विज्ञप्तिमा छुवाछूत मानव सभ्यताविरुद्धको एउटा कलङ्क र सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपज भएकाले यस्ता विभेदविरुद्ध अग्रपङ्क्तिमा रहेर नेकपाले सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै दोषीलाई कारवाहीको माग गरिएको छ ।

Advertisement

महासचिव पौडेलले संविधानमा दलित समुदायका निम्ति विशेष व्यवस्थासमेत गरिएको तर संवैधानिक, कानूनी हिसाबले अग्रगामी परिवर्तन र उपलब्धि भएपनि व्यवहारमा अझै दलित समुदायमाथि विभेद र हिंसाका घटना देखा पर्नु गम्भीर चिन्ताको विषय भएकाले सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको उल्लेख गरेका छन् ।

‘वीभत्स र त्रासदीपूर्ण रुकुमपश्चिमको उक्त घटनाको पार्टी निन्दा र भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीद्वारा जारी आचारसंहितामा पार्टीका नेता कार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात् गर्नुपर्ने र छुवाछूतजस्तो अपराधमा संलग्न व्यक्ति पार्टीमा रहिरहन नसक्ने स्पष्ट व्यवस्था गरेको छ । त्यस आधारमा यस्ता कुप्रथालाई जरैदेखि निर्मूल गर्न पार्टी कृतः सङ्कल्पित रहेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top