प्रधानमन्त्री र विज्ञबीच ४ घण्टा छलफल, लकडाउनको स्वरूप फेर्दै परीक्षण बढाउन सरकारलाई सुझाव

२२ जेठ,काठमाडौँ ।
प्रधामन्त्री केपी शर्मा ओलीले बुधबार कोरोना भाइरस (कोभिड-१९) महामारीको नियन्त्रण, रोकथाम र उपचारको विषयमा सम्बद्ध पक्षसँग छलफल गरेका छन् ।

कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको आगामी रणनीतिका सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरूसँग भएको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा करिब ४ घण्टा चलेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरस नियन्त्रण सम्बन्धमा समाजका विभिन्न क्षेत्रका विज्ञहरूसँग प्रधानमन्त्री ओलीले परामर्श बैठक गर्नुभएको जानकारी दिए ।

बैठकमा विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउन मोडालिटी परिवर्तन गर्न, परीक्षण संख्या बढाउन, क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित पार्न र निजी क्षेत्रका स्वास्थ्य संस्थालाई पनि कोभिड-१९ परीक्षणका लागि खुला गर्न सुझाव दिएका छन् । लकडाउन लम्ब्याउँदै लगे पनि सरकारले अपेक्षाकृतरूपमा परीक्षणको दायरा बढाउन एकातिर संक्रमणको जोखिम बढ्दै गएको, अर्कातिर जनताको आर्थिक-सामाजिक जीवन प्रभावित भएको भन्दै सहभागीले चिन्ता व्यक्त गरे ।

विज्ञहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले महाव्याधि रोकथाम र नियन्त्रणको व्यवस्थापनमा सरकारी पक्षबाट केही कमजोर भएको स्विकार्दै त्यसलाई सुधार गर्ने बताएका थिए । उनले नेपाल-भारत सीमा क्षेत्रमा अपेक्षाभन्दा बढी आगमन भएका कारण व्यवस्थापनमा कमजोरी भएको उनले स्विकारेका हुन् ।

बैठकमा विभिन्न क्षेत्रका २५ जना विषय विज्ञहरूको सहभागिता रहेको जनाइएको छ । बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको समेत उपस्थिति रहेको थियो ।

बैठकपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रधानमन्त्रीले भनेका छन्, “अर्थशास्त्री, योजनाविद्, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, स्वास्थ्यकर्मी, नर्सहरूसँगको यो बैठक महत्वपूणर् रूपमा सम्पन्न भयो ।” यसकिसिमको छलफल आवश्यक परे फेरी गर्ने पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

कोरोनाभाइरस नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी गर्दैआएको छ । लामो समयको बन्दाबन्दीका कारण सामाजिक तथा आर्थिक क्षेत्रमा असर पुगेको भन्दै बन्दाबन्दीको स्वरुप परिवर्तन गर्नुपर्ने माग विभिन्न क्षेत्रबाट उठिरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top