×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

युएईमा अलपत्र १५० भन्दा बढी नेपालीलाई आज स्वदेश ल्याइँदै

२३ जेष्ठ २०७७

२३ जेठ,काठमाडौं ।

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनै पर्ने परिस्थितिमा रहेका नेपाली शुक्रबारदेखि नेपाल फर्कने भएका छन् । पहिलो चरणमा शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई)को सारजहाबाट १५० जनाभन्दा बढी नेपाली स्वदेश फर्कने निश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

Advertisement
Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार एयर अरेबियाको ‘चार्टर फ्लाइट’बाट १६८ यात्री क्षमताको विमानले नेपालीलाई ल्याउनेछ । त्यसका निम्ति परराष्ट्र मन्त्रालयले अबुधाबीस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको छ ।

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सहजीकरण र समन्वयको जिम्मेवारी पाएका दुवै मन्त्रालयले प्राथमिकताका आधारमा नेपालीलाई ल्याउन आवश्यक गृहकार्य गरिरहेको छ । श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई पनि स्वदेश फर्काउने प्राथमिकताको सूचीमा समावेश गरिएको छ ।

विदेशबाट फर्किएका सबैलाई क्वारेन्टिनमा राखिनेछ । त्यसअघि उनीहरूलाई ल्याउनुअघि जहाँबाट आउने हो त्यही नै स्वास्थ्य परीक्षण गरिनेछ भने नेपाल आएपछि पनि फेरि स्वास्थ्य परीक्षण गरिनेछ । क्वारेन्टिनको प्रक्रिया पूरा गरेपछि मात्र उनीहरूलाई आ–आफ्नो घर पठाइनेछ ।

विदेशबाट नागरिक नेपाल ल्याएपछि सम्बन्धित प्रदेशमा पठाउन सातवटै प्रदेशका मन्त्रीहरूलाई ‘फोकल पर्सन’ तोकिएको छ । तोकिनुभएका मन्त्रीहरूले नै आफ्नो प्रदेशमा रहेका स्थानीय तहसँग समन्वय गरी क्वारेन्टिनमा बसिसकेकाहरूलाई घर पठाउने व्यवस्था गर्नेछन् । प्रदेश नं १ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, प्रदेश नं २ मा श्रममन्त्री रामेश्वर राय, वाग्मती प्रदेशमा महिला बालबालिका मन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश नं ५ मा ऊर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशमा उद्योगमन्त्री लेखराज भट्टलाई फोकल पर्सन तोकिएको छ ।

Advertisement

यसैबीच, परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेका अनुसार ४० हजारको हाराहारीमा विदेशमा रहेका नेपाली नागरिकले स्वदेश फर्कन चाहेका छन् । सम्बन्धित मुलुकस्थित नेपाली नियोगमा उनीहरूको विवरण सङ्कलन भइरहेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका विभिन्न स्थानमा विदेशबाट आउने नेपालीका लागि ‘होल्डिङ सेन्टर’को व्यवस्था गरिएको छ ।रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top