×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लकडाउन खुकुलो पार्ने योजना पेश गर्न उच्चस्तरीय समितिलाई निर्देशन

२३ जेष्ठ २०७७

२३ जेठ, काठमाडौँ ।
मन्त्रीपरिषद् बैठकले लकडाउनलाई बिस्तारै खुकुलो पार्दै कोरोना भाइरसँग कसरी लड्ने भन्ने योजना ल्याउन कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई जिम्मेवारी दिएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो निणर्य गरेको हो ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले लकडाउन खुकुलो कसरी पार्ने र विदेशबाट आउन चाहने नेपालीलाई कसरी ल्याउने तथा ल्याएर कहाँ व्यवस्थापन गर्ने भन्नेबारे छलफल गरेको एक मन्त्रीले जानकारी दिए ।

Advertisement
Advertisement

लकडाउनको ७३ दिन भइसक्दा पनि सरकारले जनताको दैनिकी सहज हुने कुनै निणर्य नगरेको भन्दै आलोचना एवं लकडाउनको अवज्ञा गर्ने स्वर बढिरहेका बेला बसेको मन्त्रिपरिषद् बैठकले राहत तथा लकडाउन खुकुलो पार्ने निणर्य गर्ने अपेक्षा गरिएको थियो । तर लकडाउनको अवज्ञा गर्दै बजार खोल्ने व्यवसायीको निणर्य र जनस्तरमा दैनिक गुजारा गर्न असहज भएको भन्ने कुरा व्यापक बन्दै गइरहेको बेला मन्त्रिपरिषद्मा भने यसबारे ठोस निणर्य भएन । अब उच्चस्तरीय समितिको छलफलबाट कार्ययोजना ल्याएपछि निणर्य लिने भन्ने भएको छ ।

Advertisement

मन्त्रिपरिषद् बैठकमा मन्त्रालयहरुका नियमित एजेन्डामा छलफल भएको मन्त्रिपरिषद् स्रोतले बताएको छ । केही विधेयक अगाडि बढाउने, नियमावली पारित गर्नका साथै केही नियुक्तिलाई अन्तिम रूप दिइएको बताइएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top