दूतावासहरुको अनुरोध: नेपाल फर्कन फाराम भरेकाले तत्काल सम्पर्क गर्नु

योगेन्द्र योगी
२३ जेठ, दोहा ।
कतार,साउदी अरब यूएइ लगायतका देशहरुमा कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण विदेशमा रोजगारी गुमाएर समस्या परेका तथा फारम भरेकाहरुलाई सम्पर्कमा आउन खाडीस्थित नेपाली दूताबासहरुले अनुरोध गरेका छन् ।

Advertisement

तत्काल स्वदेश फर्किन र्ईच्छुक रहेको भन्दै दूतावासहरुले उपलव्ध गराएको अनलाईन फारम भरेकालाई यथाशिघ्र सम्पर्क गर्न अनुरोध गरिएको त्यहाँस्थित दूताबासहरुले जनाएका छन् ।

कतारबाट नेपाल फर्कन चाहनेलाई थप विवरण आउँदो ७ जुनसम्म उपलब्ध गराउन अनुरोध गरिएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

Advertisement

पहिलो चरणको सरकारको प्राथमिकतामा परेका र नेपाल फर्कनु पर्नेले स्वदेश फिर्तीका लागि दूतावासमा थप विवरण टिपाउन भनिएको द्वितीय सचिब भट्टराईले बताए ।

सुत्केरी र गर्भवती महिलाले पासपोर्ट, भिसा वा कतारी आईडीको प्रतिलिपि, स्वास्थ्य अवस्था गम्भीर भएमा त्यसको कागजात, अध्ययन समाप्त भएको विद्यार्थी (इन्टर्नसिपमा रहेकासमेत)ले पासपोर्ट, भिसा र कतारी आईडीको प्रतिलिपि, अध्ययन सकिएका वा इन्टर्नसिप सकिएको कागजात दूतावासमा बुझाउन अनुरोध गरिएको उनले बताए ।

Advertisement

आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्नेले पासपोर्ट, कतारी आईडी कन्सुलर सेवजा विभागबाट प्रमाणित मृत्युदर्ताको प्रमाणपत्र, भिजिट वा बिजनेश भिसामा रहेकाले पासपोर्ट र भिसाको प्रतिलिपि, श्रम करार अवधि सकिएका वा रोजगारी गुमाए (मार्च १३ भन्दा भन्दा पहिले) ले पासपोर्ट, भिसा, कतारी आईडी करार सकिएको वा रोजगारी गुमेको देखिने कागजात, कतारको आईडी नभएका, म्याद सकिएका वा भिसा सकिएका (१३ मार्च वा योभन्दा पहिले) पासपोर्ट, भिसा, कतारी आईडीको प्रतिलिपि र भिसा सकिएको देखिने कागजात दूतावासमा उपलब्ध गराउनु पर्नेछ ।

यता, साउदीबाट नेपाल फर्कन पर्ने नेपाली श्रमिकसँग त्यहाँ रहेको नेपाली दूतावासले थप विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।सरकारले तोकेको प्राथमिकतामा परेका नेपालीको स्वदेश फिर्तीको लागि थप कागजता आवश्यक पारेको भन्दै सम्पर्कमा आउन अनुरोध गरिएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्राथमिकतामा पर्नेले म्याद भएको बहिर्गमन भिसा, राहदानीको कपि, बिरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्किप्सन, आफन्तको मृत्यु भै काजकिरियाका लागि नेपाल जानुपर्नेको हकमा कारणसहितको स्वघोषणा, नेपाल जानुपर्ने विद्यार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात उपलब्ध गराउनु पार्ने दूताबासले जनाएको छ ।

यस्तै बहराइनबाट पनि समस्यामा परेर घर फर्किन भन्दै फरमा भरेको तर फारममा उपलव्ध गराइएको मोवाईल नम्बरमा सम्पर्क हुन नसकेको भन्दै यथाशिघ्र सम्पर्क गर्न बहराइनस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

त्यसरी फारम भर्नेहरुलाई राजदूतावासको सम्पर्क नम्वरहरुमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । फारम भरेका तथा फारममा उपलव्ध गराएको मोवाईल नम्वर फरक परेकाहरुलाई दूताबासमा सम्पर्क गर्न भनिएको छ ।

यता, यूएईबाट नेपाल फर्कनको लागि फारम भरेर बसेका नेपालीलाई नआत्तिन यूएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ । नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई क्रमशः स्वदेश फर्काउने तयारी गरिरहेको भन्दै दूतावासले उडानको मिति आउन जानकारी गराउने जनाएको छ ।

यस्तै नेपाल फर्कनुअघि कोभिड १९ को परीक्षण गर्नको लागि यूएई सरकारसँग समन्वय गरी मिति, स्थान बारेमा पनि जानकारी गराइने दूतावासले जनाएकोे छ ।

दूताबासका अनुसार विभिन्न खालको भिसाको म्याद सकिएको विषयमा चिन्ता नलिन आग्रह गर्दै यूएई सरकारले मार्च १ पछि समाप्त भएका भिसाको म्याद डिसेम्बर २०२० सम्मका लागि स्वतः नवीकरण गर्ने निणर्य गरिसकेको समेत दूताबासले जनाएको छ ।

मार्च १ अघि भिसा समाप्त भएकाहरुका लागि पनि जुन १ देखि लागू हुने गरी ३ महिनाभित्र स्वदेश फर्केमा सबै जरिवाना छुट गर्ने भएको दूताबासले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top