२५ जेठ, काठमाडौं ।
लकडाउन खुकुलो बनाउने मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आईतबार मन्त्रीहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरात सम्म चलेको बैठकले कुनै ठोस निणर्य भने गर्न सकेन ।
बैठकमा लकडाउन खुकुलो बनाउने पाँच चरणको कार्ययोजना पेश भएको थियो । तर कोरोना संक्रमणको अवस्थाबारे थप विश्लेषण गरेर मंगलबार फेरि छलफल गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।
सरकारले कोरोना संक्रमण रोकथामका जारी गरेको लकडाउनको पछिल्लो अवधि यही जेठ ३२ गते सकिँदैछ ।