×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तराईका तीन जिल्ला डेंगुको जोखिममा

२८ चैत्र २०७४

बनियानी, झापा, २८ चैत ः झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो ।

Advertisement
Advertisement

उच्च जोखिममा देखिएकामध्ये झापा दोस्रो स्थानमा पर्छ । गत वर्ष झापामा ५३५ जनामा डेंगु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । महाशाखाका अनुसार तेस्रो जोखिमको जिल्ला महोत्तरी हो । त्यहाँ गत वर्ष ४३८ जनामा डेंगु भेटिएको थियो ।

महाशाखाका डा विवेककुमार लालका अनुसार डेंगुका कारण गत वर्ष झापासहित तीन जिल्लामा तीन जनाको मृत्यु भएको थियो । समयमा उपचारका लागि नगएका कारण चितवन, रुपन्देही र झापामा डेंगु संक्रमित तीन जनाको मृत्यु भएको उनले बताए । डेंगुका कारण झापाको अर्जुनधारा–७ की ३२ वर्षीया सुनिता बरालले ज्यान गुमाएकी थिइन् ।

“एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि देखिन सक्छ”, डा लालले भने, “कुनै व्यक्तिलाई कुनै व्यक्तिमा दोस्रो पटक डेंगु देखिन्छ भने त्यो अलि बढी खतरनाक हुन्छ ।” डा लालले डेंगु संक्रमण उच्च देखिएका जिल्लामा सचेतनामूलक कार्यक्रम शुरु गरिएको बताए ।

डेंगु संक्रमण हुँदा असाध्यै ज्वरो आउने, टाउको र आँखाको गेडी तथा आँखाको पछिल्लो भाग एवं ढाड, हातजोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, नाक तथा गिजाबाट रगत आउनेलगायत लक्षण देखिन्छन् ।

Advertisement

नेपालमा विसं २०६१तिर पहिलो पटक चितवनमा विदेशी पर्यटकमा डेंगुको संक्रमण देखिएको थियो । त्यसयता तराई तथा भित्री मधेशका जिल्लामा डेंगुका बिरामी वर्षेनी बढ्दै छन् । विसं २०६७÷०६८ मा चितवन, रुपन्देही, नवलपरासीलगायत जिल्लामा महामारीका रुपमा डेंगु फैलिएको थियो । चितवनमा मात्रै ७३९ जना संक्रमित भेटिएका थिए ।
गत वर्ष झापामा भेटिएका अधिकांश संक्रमित बिर्तामोड क्षेत्रका रहेको जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले बताए । “डेंगु नियन्त्रणको एक मात्र उपाय भनेको नियमित सरसफाइ मात्रै हो”, उनले भने, “पानी जम्न सक्ने भाँडामा लामखुट्टेले फुल पार्ने भएकाले त्यसमा सबै सचेत हुनुपर्छ ।”
गमला, फूलदानी, टायर, पानीट्यांकी, फ्रिजलगायतमा जमेको सफा पानीमा लामखुट्टेले फुल पार्छ । लाखमुट्टेको फुल नष्ट गर्नका लागि पनि सफा पानी जम्न नदिने र नियमित सफा गर्नुपर्ने महाशाखाले जनाएको छ ।
केही दशकदेखि विश्वभर डेंगु संक्रमण बढ्दै गएको छ । “बितेको ५० वर्षमा यसको संक्रमण ३० गुणाले बढेको छ”, डा लालले भने, “विश्वको आधाभन्दा बढी जनसंख्या डेंगुको जोखिममा छ ।” प्रत्येक वर्ष झण्डै ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गर्छ । त्यसमध्ये हरेक वर्ष २० हजार मानिसले ज्यान गुमाइरहेका छन् ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top