दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(मृतक बढे संक्रमित थपिए)
चितवनका एक पुरुषको कोरोनाका कारण मृत्यु भएसंगै अहिलेसम्म १५ जनाको मृत्यु /पछिल्लो २४ घण्टामा ३ सय २३ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ४ हजार ८५ पुग्यो / ५ सय ८४ जना निको भए ।

२.(परीक्षण र उपचार)
अहिलेसम्म १ लाख ६ हजार ३ सय ३१ जनाको पीसीआर परीक्षण/देशभर १ लाख ६५ हजार ७ सय ७५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहदा/आइसोलेसनमा ३ हजार ४ सय ८७ जना उपचाररत ।

३.(परीक्षणमै अंकुश)
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अब लक्षणविहीन मानिसको नमूना परीक्षण नगर्ने / धेरै मात्रामा अनावश्यक नमूना आएको र प्रयोगशालाले धान्न नसक्ने भन्दै सबैलाई निर्देशिका अनुसार नमूना पठाउन आव्हान ।

४.(परीक्षणको साटो पानी)
कोरोनाको महामारी रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै विरोध प्रदर्शन गर्नेहरुमाथि प्रहरीद्वारा काठमाडौमा पानीको फोहरा प्रहार /आरडिटी रोकेर पीसीआर परीक्षण गर्न तथा १४ दिनसम्म लक्षण नदेखिए डिस्चार्ज गर्ने नीतिको विरोध ।

५.(रुपन्देहीमा नरसंहार)
रुपन्देहीको तिलोत्तमामा एक व्यक्तिद्वारा कोदालो प्रहार गरी ५ जनाको हत्या /घटनास्थलबाटै पक्राउ परेका सुर्खेतका ३२ वर्षे झसेन्द्रबहादुर सिञ्जालीद्वारा प्रारम्भिक अनुसन्धानमा हत्या स्वीकार ।

६.(गगनको हिसाब)
कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन गगन थापाको माग/ दम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र मुलुकलाई कोरोना मुक्त बनाउन नसक्ने दाबी ।

७.(समाजवादीको उदारता)
भूमि अनुसारको नयाँ नक्सालाई संविधानमा समेट्ने प्रस्तावको पक्षमा जनता समाजवादी पार्टी नेपाल उभियो/राष्ट्रियताको विषय र भौगोलिक अखण्डताको विषयमा होच्याउने कार्य नगर्न आग्रह /नक्साको विषय कुटनीतिक रुपमा समाधान गर्नुपर्ने तर्क ।

८.(चिनौ भारतलाई)
भारतले ऐतिहासिक तथ्य स्वीकार गरेमा कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रमा नेपालसँगको सीमा विवाद समाधान हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाई / भारतले नेपालसँग सीमालाई लिएर वार्ता गर्न नचाहेको र चीनसँग वार्ता गरिरहेकोमा अचम्मित भएको उल्लेख ।

९.(को चढे त हेलिकप्टर ?)
आफुले नेपाली सेनाको हेलिकप्टरमा कार्यकतालाई हवाई भ्रमण नगराएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रस्टोक्ति / नेपाली सेनाको लागि आगामी आर्थिक वर्षमा उल्लेख्य मात्रामा बजेट वृद्धि गरिएको भन्नेमा सत्यता नभएको उल्लेख ।

१०.(विद्धान मन्त्रीका तर्क)
सरकारको आर्थिक क्षमता अनुसार राहत र पुनरउत्थानको कार्यक्रम ल्याइएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /महामारीको बेलामा भएको खर्च विवरण सार्वजनिक गरिने उल्लेख /विद्युतीय गाडी कुदाएर मात्रै विद्युतको खपत नबढ्ने दाबी ।

११.(लकडाउनको अड्को)
लकडाउनको मोडालिटी आएपछि एसइईलगायत परीक्षा कहिले गर्ने टुंगो लाग्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई / सामूदायिक विद्यालय सुधार गर्ने जिम्मेवारी निजी विद्यालयलाई नदिने प्रष्टोक्ति ।

१२.(उर्जाका योजना)
आगामी आर्थिक वर्षमा करिब १३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने उर्जामन्त्री वर्षमान पुनको भनाई /विद्युतीय चुलो र विद्युतीय गाडीमा विद्युत खपत बढाउने वातावरण निर्माण गर्ने नीति अवलम्बन गरिने ।

१३.(भारतको अचाक्ली)
महेन्द्रनगर कञ्चनपुरको भीमदत्त नगरपालिकामा पर्ने ब्रह्मदेवस्थित नेपाली भूमिमा भारतले ढुङ्गाको तटबन्ध बनाउन थालेपछि स्थानीउको विरोध /भारतले बाँध बनाउँदा एक नम्बर सीमास्तम्भ ढलेको र तीन नम्बर गायब रहेको वडाध्यक्षको भनाई ।

१४.(दोस्रो चरणको उद्धार)
विदेशमा पीडामा रहेका नेपालीलाई घर फर्काउने सरकारको निर्णयअनुसार बुधबार यूएई, कुवेत र अस्ट्रेलियाबाट नेपाली आउने /विभिन्न ३० देशमा रहेका नेपाली दूतावासले तत्काल नेपाल फर्काउन पर्ने २४ हजार १ सय ४८ जनाको सूची उपलब्ध ।

र,

१५.(विश्वको संक्रमण)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ४ लाख ९ हजार बढीको मृत्यु /७२ लाख १९ हजार बढी संक्रमित / ३५ लाख ५४ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top