सुदूरपश्चिमको केही जिल्लामा फौजी किराको प्रकोप

३० जेठ ७७, शुक्रबार
Share this
763shares

३० जेष्ठ, डोटी । केही साता यता सुदूरपश्चिमका बैतडी, दार्चुला र डोटीमा फौजी किराको प्रकोप देखिन थालेको छ ।

Advertisement

सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार एका एक देखिएको फौजी किराले यहाँका तीन जिल्लामा सयौँ रोपनी जग्गामा लगाइएको मकैबाली नोक्सान गरेको गुनासो आउने गरेको जनाएको छ ।

निर्देशनालयका अनुसार फौजी किराले बैतडीको पुरचौँडी, गोकुलेश्वर तथा दार्चुलाको शैल्यसिखर क्षेत्र, डोटीको केआईसिंह, बोगटान फुड्सिल, जोरायल, बडिकेदार, सायल, आदर्श तथा पूर्वीचौकी गाउँपालिकाका लेकाली क्षेत्रमा लगाएको मकैबालीमा नोक्सान गर्न थालेको छ ।

Advertisement

फौजी किराले मकैबाली नोक्सान गर्न थालेपछि किसानलाई निकै समस्या हुँदै आएको जोरायल गाउँपालिका–५ का स्थानीयबासी लालबहादुर सार्कीले बताए ।

फौजी किराले मकैका बोटको पात र गुबो खाएर पुरै बोट नै नष्ट गर्ने गरेको बडिकेदार गाउँपालिका–४ का दीर्घबहादुर बडैलाले बताए ।

Advertisement

किसानहरुका अनुसार फौजी किराले एक रातमा एक रोपनीभन्दा बढी मकैबाली सखाप पार्ने गरेका छन् ।

जिल्लाका सातवटा गाउँपालिकाका लेकाली क्षेत्रमा देखा परेको फौजी किराको प्रकोपले कम्तीमा पनि दजर्नौ रोपनीमा लगाइएको मकैबाली नोक्सान गरीसकेको स्थानीय खेम विष्टले जानकारी दिए ।

फौजी किराले दिनहुँ मकैबाली सखाप पार्न थालेपछि किसानले प्राविधिक सहयोगका लागि कृषि ज्ञानकेन्द्र सिलगढी डोटीमा अपिल गरेका छन् ।

मकै गोड्ने समयमा फौजी किराले मकैको गुबोभित्र पसेर गुबो, पात खानाले सुक्ने, पहेँलो भएर नष्ट हुन थालेपछि किरा नियन्त्रण गर्न किसानलाई निकै समस्या भएको जोरायल गाउँपालिका–५ का वडाअध्यक्ष ध्वजबहादुर देउवाले बताए ।

डोटी जिल्लासहित समग्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको मुख्य खाद्यान्नका रूपमा रहेको मकैबालीमा रातारात फौजी किराको प्रकोप बढेपछि किसान निराश भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top