×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

उपचारका क्रममा कैदीको मृत्यु

२८ चैत्र २०७४

गौशाला, २८ चैत ः कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको कारागार कार्यालय महोत्तरी जलेश्वरका प्रमुख शोभेन्द्र ठाकुरले बताए ।

Advertisement
Advertisement

महोत्तरी जिल्ला अदालतको २०६२ असार १५ गतेको फैसलाअनुसार उनलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएको थियो ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका मुसहरलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले गत मंसिर ८ गते पक्राउ गरी अदालतमा उपस्थित गराउँदा सोही मितिदेखि लागू हुनेगरी अदालतले उनलाई कारागार कार्यालय महोत्तरीमा कैद भुक्तानीका लागि पठाएको थियो ।

पक्राउ पर्नुअघि देखि नै क्षयरोगका बिरामी रहेको र गत सोमबार अचानक अत्यधिक बिरामी हुँदा उपचारका लागि उनलाई जिल्ला अस्पताल जलेश्वरमा पठाई आकस्मिक कक्षमा भर्ना गराईएको थियो । उपचारकै क्रममा उनको आज विहान करिब १० बजे अस्पतालमा मृत्यु भएको प्रमुख ठाकुरले जानकारी दिए ।

Advertisement
Advertisement

परीक्षणपछि मृतक सदाको शव परिवारजनलाई बुझाउने तयारी गरिरहेको कारागार प्रशासनले जनाइएको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top