विदेशी इन्जिनियरलाई नेपालमा काम गर्न स्वीकृत लिनुपर्ने पक्षमा सांसदहरु

३० जेठ ७७, शनिबार

३० जेठ,काठमाडौँ ।
सांसदहरुले विदेशबाट कन्सल्ट्यान्टको रुपमा आउने इन्जिनियरहरुले नेपाल इन्जिनियरिङ परिषद्बाट स्वीकृति पाएपछि मात्रै काम गर्न दिनुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा ‘नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६’ माथिको छलफलका क्रममा विदेशबाट नेपालमा काम गर्न आउने कन्सल्ट्यान्टलाई पनि परिषदले मान्यता दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेसका सांसद संजयकुमार गौतमले विदेशबाट आउने कन्सल्ट्यान्टहरु परिषदको माध्यमबाट आउनुपर्ने बताए । उनले कुनैपनि इन्जिनियरहरुलाई परिसद्बाट अथोरिटी नदिइकन काम गर्न दिन नहुने बताएका हुन । उनले प्राज्ञिक र व्यवसायीक इन्जिनियरहरुले इन्जिनियरिङ शिक्षाको कोरिकुलम तयार गर्ने विषयमा फरक फरक धारणा राखेको अवस्थामा शिक्षा मन्त्रालयसँग समेत छलफल गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गणेशकुमार पहाडीले ठूलाठूला पूर्वाधारको डाटा संकलनका लागि फिल्डमा जाने एसिस्टेन्ट इन्जिनियर र सब इन्जिनियरहरु दक्ष नभए परियोजनाको डिजाइन नै गलत बन्न सक्ने तर्फ पनि ऐनले ध्यान दिनुपर्ने बताए । उनले एसिस्टेन्ट इन्जिनियर र सब इन्जिनियरहरुको दक्षता विकासका लागि पनि काउन्सिलले नै काम गर्ने सम्बन्धमा थप छलफल आवस्यक भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद टेकबहादुर बस्नेतले विश्वविद्यालयको इन्जिनियर शिक्षाको पाठ्यक्रम निर्माण गर्ने विषयमा परिषदलाई अधिकार नदिई विश्वविद्यालयलाई नै स्वतन्त्र छोडिदिनुपर्ने बताए । समितिको यसअघिको बैठकमा व्यवसायीक इन्जिनियरहरुले दक्ष इन्जिनियर उत्पादनका लागि विश्वविद्यालयको पाठ्यक्रममा एकरुपता ल्याउने गरी इन्जिनियरिङ परिषद्ले काम गर्नै गरी विद्येयक ल्याउनुपर्नेमा जोड दिएका थिए । तर विश्वविद्यालयका प्राज्ञिक इन्जिनियरहरुले विश्वविद्यालयको पाठ्यक्रममा परिषद्को हस्तक्षेप मान्य नहुने बताएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top