योगेन्द्र योगी
३१ जेठ, दोहा ।
नेपाल सरकारले साउदीबाट कोरोना भाइरस (कोभिड(१९) को कारण समस्यामा परेका नेपालीहरुको उद्दारको लागि तोकेको हवाई भाडादर प्रति साउदीमा क्रियाशील तीन संस्थाहरु गैर आवासीय नेपाली संघ , मोरङ सुनसरी सेवा समाज र नेपाली हातेमालो सेवा समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली सरकारले दोश्रो पटक तोकेको भाडादर पनि महँगो भएको भन्दै बिज्ञप्ति मार्फत सरकारलाई ध्यानाकर्षण हराएको एनआरनएन मध्यपुर्व उपसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् ।
सरकारले दोश्रो पटक तोकेको भाडादर साउदीको दमामबाट ५३० बाट घटाएर ४३० डलर, रियादबाट ५६५ बाट घटाएर ४६५ डलर र जेद्दाबाट ६९० बाट घटाएर ५९० डलर कायम गरेको छ ।
क्रियाशील तीन संस्थाहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले बैदेशिक रोजगारीका लागि विदेशीएका नेपालीहरुलाई बर्तमान कोरोनाको कारण आईपरेको विश्वव्यापि संकटमा विदेशमा भएका नेपालीहरुलाई उद्दारको नाउमा चर्को जहाज भाडा तोकेको र उक्त भाडा तत्काल घटाउनु पर्ने माग गरिएको एनआरएनए साउदीका अध्यक्ष तेज थापाले बताए ।
कल्याणकारी कोषमा करिब ६ अर्ब भन्दा बढी रुपियाँ थन्किएर बसेको भन्दै यो विषम परिस्थतिमा उक्त कोषको उपयोग गरि उक्त कोषको संचालन ऐनमा उल्लेख भएको ब्यबस्था अनुसार बिदेशमा महामारीको अबस्थामा उद्दारकोषलाई प्रयोग गर्नु पर्नेमा सरकारसंग जोडदार माग गरेका छन् ।
अध्यक्ष थापाका अनुसार भाडा दर घटाउने मात्र नभई साउदी अरबको हकमा धेरै नेपालीले आफ्नो टिकट किन्ने अवस्थामा नरहेको र अहिलेसम्म एनआरएनएले खाने बस्ने व्यवस्था गरेका ३४१ जना नेपालीहरुको अवस्था र तिनै मध्य केहि नेपालीलाई १०० डलर अर्थात १२ हजार नेपाली रूपैँया भाडा तोक्दा पनि स्वदेश फर्कने अवस्था नरहेको बताए ।
साउदी अरबमा १५ हजार भन्दा बढि अवैधानिक रुपमा नेपाली कामदारहरु रहेका कारण तिनिहरुलाई स्वदेश फिर्तीका लागि नेपाल सरकार र साउदीमा रहेका नियोगहरुले कुटनितिक पहल गर्नु पर्ने एनआरएनए मध्यपुर्व उपसंयोजक अर्यालले बताए ।