पहिरोमा पुरिएरर मृत्यु हुने ८ जना पुगे

३२ जेठ ७७, आइतबार

३२ जेष्ठ, पर्वत ।
कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा पुरिएरर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Advertisement

पहिरोमा पुरिएकामध्ये तीनजनाको शनिबार राति नै शव भेटिएको थियो । बाँकी दुई जनाको आइतबार बिहान र ३ जनाको अहिले दिउँसो शव भेटिएको हो । मृत्यु हुनेहरुमा ६० वर्षीय तुलबहादुर थापा, ५८ वर्षीया निमुकुमारी थापा, ३१ वर्षीया कृपा थापा, १५ वर्षीय विवेक थापा, १२ वर्षीय सुनिल थापा र ८ वर्षीया बेबिशा थापा छन् ।

त्यस्तै २८ वर्षीया कमला विक र १२ वर्षीय जेनिस विकको पनि शव फेलापरेको घटनास्थलबाट पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । उनका अनुसार अहिले दिउँसो साढे १ बजेसम्म पनि जेनिसा विक हराइरहेकी छिन् ।

Advertisement

बेपत्ताहरुको खोजी कार्यका लागि बिहान ६ बजेदेखि नै नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली परिचालन गरिएको थियो । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, प्रहरी नायब उपरीक्षक अधिकारी, कुश्माका नगरप्रमुख रामचन्द्र जोशी लगायतको टोली पनि उद्धारका लागि घटनास्थलमै पुगेको छ ।

सुरक्षाकर्मी र स्थानीयलाई उद्धारमा समस्या भएपछि बिहानदेखि एस्काभेटरको सहायता लिइएको थियो । पहिरोले घर सबै पुरिएका कारण मृतकहरुलाई फेला पार्न समेत मुस्किल भएको घटनास्थलमा पुगेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए ।

Advertisement

घरदेखि करिब चार सय मिटर माथिको पहरे रानीवन सामुदायिक वनबाट खसेको पहिरो घरदेखि करिब ३० मिटर टाढाको सडक छिचोलेर घरमाथि परेको हो । शनिबार परिवारका सबैजना सुतेका कारण यति ठुलो मानविय क्षति भएको स्थानीय होमबहादुर थापाले बताए ।

गाउँमा अलि छिटै सुत्ने गरिन्छ, कामको चापले छिटै सुतेका हुनसक्छन्,’ थापाले भने, पहिरो खसेपछि ऐया भन्न समेत नपाएको देखिन्छ ।’ शनिबार लामो समय मुसलधारे वर्षाका कारण बस्तीमा पहिरो खसेको उनले बताए । मनसुन सुरु भएकै दिन पर्वतको दुर्लुङमा मात्रै यति ठुलो वर्षा भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top